नेपाल भ्रमण वर्षः सम्भावना र चुनौती

                           ध्रुवकुमार अधिकारी

विषय प्रवेश

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक र भौगोलिक रूपले विविध र आकर्षक पर्यटकीय गन्तव्य मुलुक हो । यहाँका विभिन्न विविध सम्पदा पर्यटनका आकर्षणका वस्तु हुन सक्छन् । विश्व जगतमा हेर्ने हो भने पर्यटकहरू विभिन्न कारणले पर्यटक बन्छन् । शेक्सपियरको जन्मस्थल हेर्न बेलायत जान्छन् । लेनिनको लास हेर्न रुस जान्छन् । ताज महल हेर्न भारतको आग्रा जान्छन् । म्यूजियम हेर्न फ्रान्सको पेरिस जान्छन् । तिनै बस्तुहरूलाई भजाएर ठूलै धनराशीको चाङ लगाएका हुन्छन् । त्यस्तै गर्ने हो भने नेपालमा पनि थुप्रै स्थान र सम्पदा रहेका छन् । दक्षिणबाट पशुपति दर्शन गर्न आउनेको ठूलो संख्या रहन्छ भने उत्तरबाट लुम्बिनी हेर्न आउन सक्ने ठूलो संख्या रहन्छ ।

नेपाल भ्रमण वर्षको रफ्तार

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा ग¥यो । सन् २०२० को आरम्भमा नै राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीले विभिन्न स्थानमा विभिन्न प्रकारका कार्यक्रम पनि गरेर कार्यक्रमको समुद्घाटन गरे । यसको प्रचार गर्नको लागि ओमनमा रहेका नेपालीहरूले समेत ओमनको राजधानी मस्कट भन्दा टाढा एउटा गाँउमा कार्यक्रमको आयोजना समेत गरको समाचार आएको छ । ओमनमा पनि नेपाली समुदायको सक्रिय सहभागिता मात्र नरहेर विशिष्ट नेपाली खानाका परिकारहरू जस्तै सेलरोटी, मःम, ढिक्री, भक्का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनी लगायतका परिकारहरू प्रत्यक्ष रूपमा तयार गरी कार्यक्रम गरेको समाचार समेत आएको थियो । यसरी स्वदेशमा मात्र होइन, विदेशका विभिन्न स्थानहरूमा समेत यसको महत्वलाई बढावा दिइनु सुखद हो ।

नेपाल पर्यटकिय हिसाबले राम्रो गन्तव्य मुलुक हो । विभिन्न समयमा नेपालमा पर्यटन प्रवद्र्धन गर्न लायक कार्यक्रमहरू अघि सारिरहेको छ । संघीय सरकार र विभिन्न प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम गरी नेपाल भ्रमण वर्षको घोषणा गरे । हाम्रा पूर्वाधारहरू ज्यादै कमजोर र दयनीय अवस्थामा रहेका छन् । सबैभन्दा आवश्यक र महŒवपूर्ण त सडक हो भने यसको नै पूर्वाधार राम्रोसँग बनेको छैन । एअरवेको अवस्था पनि त्यति राम्रो छैन । अन्तर्राष्ट्रिय विमानस्थल पनि एउटा मात्र रहेको छ । भैरवा विमानस्थल बनिसकेको छैन । अपेक्षित समयमा काम सम्पन्न हुने सम्भावना पनि कम रहेको छ । उत्तरी छिमेकी चीनसँग जोडिएको सडक मार्गलाई सहज बनाउन सकिरहेका छैनौँ । वर्षौंदेखि भारतसँग जोडिएको सडक पनि पूरा हुन सकेको छैन । यो कार्यक्रम चलाउने विभिन्न प्रकारका निकायको जटिल र सामञ्जस्यपूर्ण समन्वयको आवश्यकता रहन्छ ।

यस अघि सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाइएको थियो । त्यतिखेर नेपालमा राजनीतिक उथलपुथलका कारण विभिन्न प्रकारका बन्द, हड्तालका कारण त्यति राम्रोसँग सफल भएको थिएन भने पनि पर्यटकको संख्या राम्रै मात्रामा आएको पाइन्छ । सन् २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउनको लागि कार्यक्रम सफल बनाउन राजनीतिक प्रतिबद्धता र समन्वयको पनि त्यत्तिकै आवश्यकता हुन्छ । यसको नेतृत्वकर्ताहरूले नै अवसरको सदुपयोग गरी कार्यक्रम सफल बनाउनतिर लाग्नु सान्दर्भिक हुन्छ । अहिले बाटाहरू बनेका छन् तर आवतजावत सहज रूपमा हुन सकेको छैन । नेपाल नै खन्ने काम राम्रो भयो तर यसको दिगोपनमा प्रश्न चिन्ह रहेको छ । पर्यटन व्यवसाय एक सेवामुखी व्यवसाय हो, जुन नेपाल भ्रमण वर्षसँग सम्बन्धित छ । पर्यटन व्यवसाय भनेकै अनुभवहरूको वितरण हो । पर्यटन व्यवसायलाई अघि बढाउने कुरामा त्यससँग सम्बन्धित निकायमा नियुक्ति गर्दा राजनीतिक निकटता भन्दा पनि सीप, ज्ञान, क्षमता तथा अनुभव र विज्ञतालाई ख्याल गर्नु सान्दर्भिक हुन् । नेपाल पर्यटकको लागि सधैं नै आकर्षक गन्तव्य मुलुक हो । सन् २००२ मा नेपालमा अशान्ति र अस्थिरता हुँदा पनि पर्यटकको संख्या बढेको थियो । त्यतिखेर करिब पाँच लाख पर्यटन आएको तथ्याङ्क रहेको छ । अहिले कोरोना भाइरसको संक्रमणको पनि त्यत्तिकै डर रहेको छ । यसले केही मात्रामा उत्तरतिरको पर्यटकको संख्या घट्ने त निश्चित नै हो । हाम्रा सम्पदाहरू, मन्दिरहरू, जातजाति, भेषभूषा, खानाहरू छन् यसलाई कसरी हामी पस्कन सक्छौँ भन्ने कुराले अर्थ राख्छ । धेरै पर्यटकहरू दोहो¥याएर आउन सक्ने बनाउनु हाम्रो लागि पर्यटन दिगोपनाको लागि उपयुक्त हुन्छ । पछिल्लो समयमा बढी मात्रामा नेपालमा पर्यटन क्षेत्र निजी व्यवसायबाट चलेको व्यवसाय हो । विमानस्थल त बन्दैछन् तर काम भने निकै सुस्त छ । हामीले स्थलमार्गबाट आउने पर्यटकलाई पनि सहज बनाउनु सान्दर्भिक हुन्छ । विशेषगरी रसुवागढी, तातोपानी लगायतका उत्तरी नाका हुँदै आउने पर्यटकलाई बढी तान्ने प्रयास गर्नुपर्छ ।

अहिले चीन, बंगलादेश, भुटान, भारत आदिबाट सडकबाट नै आउने पर्यटकलाई प्रबद्र्धन गर्न सकेमा पनि पर्यटकको संख्या बढ्छ । त्रिभुवन विमानस्थलमा रात्री सेवा सुचारु गरिरहनु पर्छ । यसले बाह्य पर्यटकको लागि सहज बनाउँछ । आन्तरिक विमानस्थलहरूमा पनि रात्री सेवा शुरु गराउनुपर्छ । आथित्य सत्कार पनि एक महत्वपूर्ण कुरा हो । यसको कारण पनि पर्यटकहरू लोभिएका हुन्छन् । यसको लागि व्यवसायीहरूलाई समेत तालिम दिनुपर्ने देखिन्छ । यहाँको प्राकृतिक सुन्दरता, सत्कार, वातावरण, सेवा, सुविधा पर्यटकका लागि आकर्षक चिज हुन सक्छन् । नेपालमा अहिले धेरै मानिसहरू त मनोरञ्जनको लागि आउँछन् भन्ने तथ्याङक छ । यसलाई दिगो बनाउने तर्फ ध्यान दिनुपर्छ । हुन त सडक चिल्लो हुँदैमा पर्यटक आउने त होइनन् तर पनि धुलो, धुवाँ, हिलोले आकर्षण र उत्साहमा असर हुन्छ । त्यसैले सडकलाई विशेष ध्यान दिनु राम्रो हुन्छ । पर्यटकहरू विदेशका आलु नभएर विभिन्न उद्देश्यले आउने सन्देशवाहक व्यक्तिहरू हुन् । त्यसैले उनीहरूलाई भावनात्मक रूपमा पनि पुनः आउन सक्ने बनाउनुपर्छ ।

अवसरहरू

अहिले राजनीतिक स्थिरता रहेको छ । बहुमतको सरकार रहेको छ । पात्रहरू बदलिए पनि सरकारको नीति तथा कार्यक्रम पाँच वर्षको लागि स्थायी प्रकारको रहेको छ । शान्तिको स्थापनासँगै दिगो शान्तिको रटानमा सबै रहेका छन् । भौतिक पूर्वाधार निर्माणको तीब्र विकास गर्न सक्ने सम्भावना रहेको छ । दुर्गमा स्थानमा समेत यातायातको पहुँच, होटेल र होमस्टेको व्यवस्थाको लागि उत्साहजनक रूपमा लाग्न प्रेरित गरिएको छ । स्वास्थ्य सुविधाको बढावा रहेको छ । जैविक विविधता र सबै प्रकारका सुरक्षाको राम्रो प्रबन्ध रहेको छ । सबैले थोरै थोरै मेहनत गरे पनि सफल हुन सक्ने सम्भावना रहेको छ ।

मुख्य चुनौतीहरू

पर्यटक २० लाख भित्र्याउनको लागि टाउको मात्र गन्न भन्दा पनि गुणस्तरको कुरामा पनि त्यत्तिकै ध्यान दिनु पर्छ । हाम्रा सुन्दरताको कम प्रचार, संस्कृति, प्रविधिको उपयोग, कला, साहित्य र संगितको विश्वव्यापीकरण प्रचार, पर्यटकको खर्च बढाउने उपायहरूको खोजी, नेपाली पर्यटन व्यवसायीलाई विश्वव्यापी बनाउने चुनौति, कोरोना लगायतका विभिन्न प्रकारका रोगहरूको भय र विस्तार मूल चुनौतीहरू हुन् । पर्यटकको सुरक्षा, दक्ष गाइडको व्यवस्था, गन्तव्य पहिचान र वर्गीकरण पनि त्यत्तिकै चुनौतीका थप विषयहरू हुन् ।

सन्दर्भ कर्णालीको

कणाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । यहाँका विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक स्थल, जनजीवन, हिमाल आदि आकर्षक कुराहरू हुन् । तर पनि विभिन्न जिल्लाको गन्तव्यको फोटो प्रदर्शन र प्रचार गरेको पाइदैन । भिडियो पनि कुनै सञ्चार माध्ययमबाट आएको पनि पाइन्न । पम्प्लेट सार्वजनिक गरेर कम्तीमा स्वदेशमा भए पनि प्रचार गर्न सकिन्थ्यो । त्यो पनि छैन । भौतिक पूर्वाधारमा ध्यान पनि पर्याप्त जान सकेको छैन । विभिन्न पालिकासँग समन्वय गरेर प्रदेश सरकाले योजना सहित कार्यक्रम सुचारु गर्न पनि नसकेको जस्तो देखिन्छ । सडक र हवाई यातायात सेवाको प्रभावकारिता पनि त्यत्तिकै मात्रामा रहेको पाँइदैन । होटेल र कटेजको विस्तार पनि त्यति भएको पाइँदैन ।

यस वर्ष कर्णाली प्रदेश सरकारले १० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ । रारामा राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिनु भने सकारात्मक काम हो । बरु ठाउँ–ठाउँमा काठेपुलको स्थापना र मर्मत गरिएको समाचार आएको छ । यसले पनि पर्यटकको आवागमनमा केही हदसम्म सहज बनाउन सक्ला । पर्यटकीय गन्तव्य पहिचान पनि भएको छ कि छैन भन्ने द्विविधा अझै रहेको छ । यति मात्र होइन यसको वर्गीकरण गरी आन्तरिक र बाह्य पर्यटन आकर्षणका योजना बनाउनु त्यत्तिकै सान्दर्भिक हुन्छ । पर्यटनदूत र यिनको अगुवाइमार्फत प्रचारात्मक कार्यमा लगाउन सके यसले सकारात्मक प्रभाव पार्छ । हिमाली गन्तव्यहरू पूर्वाधार विकासमार्फत निर्धारण गर्नुपर्छ । पर्यटनको विकासले कर्णालीको पनि आयस्तरमा वृद्धि हुन सक्छ । पर्यटकले कम्तीमा पनि प्रतिदिन २० डलर खर्च गर्ने वातावरण तयार गर्नको लागि आकर्षणका क्षेत्रमा पनि विविधता आवश्यक हुन्छ । सुविधा बढाउनुपर्छ । पर्यटक रमाउने अवसरको सिर्जना गर्नुपर्छ ।

उपसंहार

सन् २०५० भित्र ५० लाख पर्यटन भिœयाउने सरकारको महŒवकांक्षी योजना रहेको छ । यसमा सरकारका अतिरिक्त पर्यटन व्यवसायी, होटल व्यवसायी, सञ्चारकर्मी, विभिन्न एजेन्सीहरू पनि त्यत्तिकै रूपमा लागेका हुन्छन् । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, नेपालका ७६१ वटा सरकार सबैको अहम् भूमिका भएमा धेरै चुनौतीको बाबजुद राम्रो अवसर पनि रहेको छ । पर्यटन वर्ष २०२० सफल पारौं । सफल होस् ।
(लेखक अमरज्योति माध्यमिक विद्यालय
नेवारेमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   १५ फाल्गुन २०७६, बिहीबार १८:२५