ज्येष्ठ सदस्यहरूलाई सम्मान

साझा बिसौनी संवाददाता
सुर्खेत, १० भदौ ।
पाइनियर बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले आफ्नो १३ औं स्थापना दिवसका अवसरमा ८ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ ।
संस्थाले शुक्रवार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्य हस्तबहादुर खड्का, चन्द्रकला खड्का, कृपाराम भण्डारी, मनी भण्डारी, छत्रबहादुर खड्का, देवीसरा चालिसे, जगतकुमारी थापा र कृष्णबहादुर थापालाई दोसल्लासहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय सुर्खेतका सहकारी अधिकृत देवीप्रसाद पौडेलले सहकारीले समाजको उन्नति र प्रगतिका लागि योजना बनाएर अघि बढ्नुपर्ने बताए । संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला  सहकारी संघका अध्यक्ष अमृतकुमार बिसी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानी लगायतको उपस्थिति रहेको  थियो ।