घरमै स्वच्छ खानेपानी

सुर्खेत : सुुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ४ सिमलगाउँका जैसरा बुुढालाई एक महिना अघिसम्म पानी लिनका लागि घरदेखि टाढाको सार्वजनिक धारामा जानुुपथ्र्यो । भनेको समयमै पानी भर्न पालो पाइदैन्थ्यो । त्यसले गर्दा यता घरको काम र मेलापातका लागि समय मिलाउन गाह्रो हुुन्थ्यो । तर घरमै धारा निर्माण भएपछि भने उनलाई सहज भएको छ । घरमा धारा निर्माणसँगै सफा र स्वच्छ पानी प्रयोग गर्न पाइएको गैसराले बताइन् । ‘पहिला सार्वजनिक धारामा पानी लिन जाँदा समय नै पुग्दैनथ्यो । पानी पनि हामीले सफा पिउने रहेनछौं । अहिले मुुहान व्यवस्थित भएपछि र घरमै धारा बनाएपछि सफा पानी आउँछ । पहिलेको तुुलनामा धेरै सहज भएको छ’ उनले भनिन् ।

यस्तै गाउँपालिकाको वडा नं. ८ ठकुरी टोलका मिथुुन चन्दले पनि घरमै धारा भएपछि धेरै सजह भएको बताइन् । उनले घरकै आँगनमा सफा र स्वच्छ खानेपानी उपलब्ध भएको भन्दै खुुशी व्यक्त गरिन् । गाउँपालिका, संघ–संस्थाको सहयोग र आफूहरूले श्रमदान गरेर स्वच्छ खानेपानी प्रयोग गर्न पाएको उनको भनाइ छ । घरमै पानी आउन थालेपछि खेर गएको पानी सदुुपयोग भएको छ । तरकारी खेती गर्न समेत सहज भएको छ ।

गाउँपालिकाको दुई वडाको दुुई वटा गाउँमा घर–घरमा स्वच्छ खानेपानीको धारा निर्माण गरिएका छन् । वडा नं. ४ को सिमलगाउँ र वडा नं. ८ को ठकुरीटोलका घर–घरमा स्वच्छ, सुरक्षित खानेपानीका धारा निर्माण गरिएको हो । दुवै टोलका करिब ४१ घरधुुरीमा पक्की धारा निर्माण गरिएका छन् । यी दुुई गाउँलाई सुरक्षित खानेपानीयुुक्त गाउँ घोषणा पनि गरिएको छ । ठकुरीटोलमा रहेका १३ घरमा र सिमलटोलमा रहेका २८ वटा घरधुुरीमा पक्की धारा निर्माण गरिएका छन् ।

क्षेत्रीय खानेपानी तथा सुुपरीवेक्षण कार्यालयले ठकुरीटोलमा २०७२ सालमा धारा निर्माण गरिदिएको थियो । उक्त टोलका कच्ची धाराहरूलाई पक्की बनाउनुुका साथै स्वच्छ पानीको व्यवस्था गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष छत्र मल्लले टोलका सबै जनसंख्या स्वच्छ खानेपानीको पहुँचमा पुुगेको जानकारी दिए । उनले भने, ‘पहिले बनेका धाराहरू त्यति व्यवस्थित थिएनन् । कतै पाइप बिग्रिरिएर पानी आउँदैन्थ्यो । खोलामा पानी लिन जानुुपथ्र्यो । अहिले घरमा पक्की धारा छन् । पानी सफा आउँछ ।’

यस्तै सिमलटोलका २८ घरधुरी सफा र स्वच्छ खानेपानीको पहुुँचमा पुुगेका छन् । सबैका घर–घरमा पक्की धारा निर्माण गरिएका छन् । सार्वजनिक धारामा पानी भर्दै आएका उक्त टोलका घर–घरमा पक्की धारा छन् । सफा र स्वच्छ खानेपानी उपलब्ध छ । सिम्ता गाउँपालिकाले सबै वडाहरूमा एक घर, एक धारा अन्तर्गत सबैको घर–घरमा सुरक्षित र स्वच्छ खानेपानी पुु¥याउने अभियान सुरु थियो । सोही अभियान अन्तर्गत सिम्ता गाउँपालिकाले यी दुुई टोलमा यूनिसेफसँगको साझेदारीमा सुरक्षित खानेपानीयुुक्त गाउँ घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष कविन्द्रकुुमार केसीले गाउँपालिकाका सबै बस्तीलाई सुरक्षित तथा स्वच्छ पानीको पहुँचमा पुु¥याउने अभियानमा लागेको बताए । पानी प्रयोग गरे वापत प्रत्येक घरधुरीले मासिक ८० रूपैयाँ उठाउने र बढी युुनिट चलाए प्रति युनिट २० रूपैयाँ तिर्ने व्यवस्था गरिएको छ । सिमलटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिरख महतराले खानेपानी सुुरक्षा कोष पनि स्थापना गरिनुुका साथै प्रत्येक घरधुरीले वार्षिक पाँचसय रूपैयाँ उठाउने गरिएको बताए ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७६, आईतवार ०५:०४