बसन्तको सपना (कथा)

bhupendra
भुपेन्द्रप्रसाद अधिकारी

नेपालको दुर्गम ठाउँमा जन्मिएको बसन्तको सपना सानो थिएन । उ सानै उमेरदेखि लगनशील र परिश्रमी थियो । पहाडको सुन्दर प्रकृतिको काखमा बाबा शिशिर र आमा रितुको कोखबाट जन्म लिएको बसन्तको बाल्यकाल सुखमय वातावरणमा बितेको थियो । बसन्त शिशिर रितुको एउटै छोरो थियो । त्यसैले परिवारको प्रशस्त माया र ममता पाएर सुन्दर प्राकृतिक सुन्दरतामा खेल्दै आफ्नो बाल्यकाल बिताएको थियो । शिशिर र रितुले खाइनखाइ भए पनि बसन्तलाई दुःखको महसुस गर्न भने दिएका थिएनन् । बसन्त अलि खरो स्वभावको केटो थियो । उसले चाहेको कुरा तुरुन्तै पूरा गर्दिनुपर्ने हुन्थ्यो । धेरै साथीहरू बनाइ खेल्न र डुल्न मन पराउने बसन्तले बिहान बेलुका घरको काम र गोठले गरेर प्राथमिक र निम्न माध्यमिक शिक्षा पहाडकै विद्यालयबाट पढेको थियो । बाल्यकालमै प्रकृतिको न्यानो काखको अनुभूति र मित्रहरूको साथलाई छोडेर बसन्त आफ्नै परिवारसँग बसाइँसराइँ गरी तराई झ¥यो ।
तराईको गर्मी हावापानीमा समायोजन हुन कठिन भए पनि तराई झर्नु यो परिवारको बाध्यता थियो । आफ्नै घर बनाएर तराईको परिवेशमा समावेश हुन केही समय गाह्रो भए पनि विस्तारै विगतलाई भुल्दै दिनहरू बिते यो परिवारका । आफ्नो माध्यमिक शिक्षाका लागि बसन्त नजिकैको विद्यालयमा पढ्न सुरु ग¥यो । त्यहाँको हावापानी, साथीहरू र परिवेश देखेर उसलाई अनौठो लाग्थ्यो । तराईमा झरी बसन्त आफ्नो जन्मभूमिको माया र बाल्यकाललाई सम्झेर टोलाइ रहन्थ्यो । सानै उमेरदेखि परिश्रमी बसन्त बिहान बेलुका आमालाई सघाएर दिनमा विद्यालय जान्थ्यो । तराईमा झरीसकेपछि हरेक कुराहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले शिशिर बाहिर देश जानुपर्ने बाध्यता थियो ।
घरमा बसन्त साहारा बन्नुपरेको थियो । बसन्त बिहान साँझको समयमा बाख्राहरू लिएर साथीहरूसँग गोठाला जान्थ्यो र हरियाली वातावरणमा गीत, कविता, गजल, मुक्तकदेखि लिएर विभिन्न साहित्यिक रचना गर्न प्रयास गथ्र्यो । बसन्तको सानै उमेरदेखिको शोख र सपना भविष्यमा एउटा राम्रो कलाकार बन्ने नै थियो । उसले धेरै गीतहरू बनाएर गुनगुनाउने गथ्र्यो र विद्यालयका हरेक कार्यक्रमहरूमा सहभागी हुन्थ्यो र प्रथम पुरस्कार पनि प्राप्त गथ्र्यो र यही कुराले यस क्षेत्रमा उसको अग्रसरता ज्याँदै इच्छुक थियो । बाख्रा गोठालो गर्दा रुखहरूमा चढी एकान्तमा साहित्यिक सिर्जनाहरूको रचना गर्ने बसन्त पौडी खेल्न पनि धेरै रुचि राख्थ्यो । आफ्नो साथीभाइहरूसँग कहिल्यै पनि मनमुटाव भने बसन्तले गरेन र त उ सबैको प्यारो थियो । शिक्षकले दिएको गृहकार्य भन्दा एक÷दुई अभ्यास अरु समेत गरेर शिक्षकलाई खुशी बनाउन चाहने बसन्त दुई÷तीन सय विद्यार्थीहरूमा शिक्षकहरूले बसन्त भनेको सुन्न चाहन्थ्यो । शिक्षकहरू र विद्यार्थीहरूको प्यारो भइ आमाको साहारा बन्दै आफ्नो माध्यमिक शिक्षा बसन्तले त्यसै विद्यालयबाट हासिल ग¥यो । माध्यमिक शिक्षापछि उसले उच्च माध्यमिक शिक्षा पनि त्यसै विद्यालयबाटै गर्ने निर्णय ग¥यो किनकी त्यो उसको बाध्यता थियो । आमाको न्यानो साथमा रहेर बसन्तले आफ्नो घर नजिकैबाट जे जस्तो दुःख–सुख परे पनि उच्च माध्यमिक शिक्षा प्रथम श्रेणीमा उत्तीर्ण ग¥यो । +२ पढ्दा बसन्तले दुई वर्ष घर नजिकैको प्राथमिक निजी विद्यालयमा शिक्षण पनि ग¥यो र २ वर्षसम्मको शिक्षण अनुभव पनि ग¥यो । गीत गाएर कलाकारिता क्षेत्रमा पहिचान बनाउन चाहने बसन्तको पढाउनु बाध्यता बन्न पुग्यो । लोकदोहोरी प्रतियोगितामा जिल्ला प्रथम भएर पनि यसक्षेत्रमा पाइला टेक्न नसक्नु उसको दुर्भाग्य मान्नुपर्दछ । उसले स्थानीय क्षेत्रमा हुने कार्यक्रमहरू भाग लिइरहन्थ्यो तर उसले यस क्षेत्रबाट कहिल्यै हार भने खाएन । आफ्नो उच्च शिक्षाका लागि बसन्त आमा र बाबालाई छाडेर सहर झ¥यो । कहिल्यै परिवारदेखि टाढा नभएको बसन्त केही समय त एक्लो महसुस गर्दै गीत, गजलद्वारा आफ्ना भावनाहरूलाई कापीका पानाहरूमा लेख्थ्यो र मन बुझाउने गथ्र्यो । आफ्नो पढाइलाई प्रमुख उद्देश्यमा राखी बसन्तले साहित्यिक क्षेत्रलाई पनि अँगाल्दै अगाडि बढेको थियो । उच्च शिक्षा पढ्दै गर्दा उसले एउटा निजी माध्यमिक विद्यालयमा पठाउने अवसर पायो । बसन्तलाई माया, प्रेम जस्ता कुराहरूमा कहिल्यै रुचि राख्दैनथ्यो र यस्ता कुराहरू कल्पनामा डुबेर साहित्यिक क्षेत्रमा भने उ धेरै अगाडि थियो । जिन्दगीको बाटो मोडिँदै जाँदा र समयले कोल्टे फेर्दै जाँदा एकदिन उसको एउटी केटीसँग भेट भयो जसको नाम सृष्टी थियो । वास्तवमा सृष्टी धेरै सुन्दर थिइन् । उनको उमेर भर्खर १५ वर्ष भएको थियो र उनी माध्यमिक शिक्षा पढ्दै थिइन् । सुखमय बाल्यकाल बिताएकी उनको स्वभाव चञ्चले खालको थियो । उनी आफ्नो परिवारसँगै आफ्ना रमाइला क्षणहरू बिताइरहेकी थिइन् । चञ्चले स्वभावकी उनी सधैं कक्षामा प्रथम हुन्थिन् । पारिवारिक वातावरण, उनको व्यवहार र सुन्दरताकी खानी भएर नै होला बसन्तको आँखा उनीमै गएको थियो । बसन्तले सृष्टीलाई धेरै माया गथ्र्यो र सृष्टीले पनि बसन्तलाई लजाउँदै उसलाई मनपर्ने र नपर्ने कुराहरू सोधी रहन्थिन् । ठूला आँदा र लजाउने बानीले त झन् उनी धेरै सुन्दरी देखिन्थिन् । त्यसैले बसन्तले उनीलाई आफ्नी जीवनसाथी बनाउने विचार गरेको थियो । कहिलेकाहीं बसन्त उनकै सम्झनामा हराएर साहित्यिक सिर्जनाहरूको रचना गर्ने गथ्र्यो । बसन्त एउटा उच्च शिक्षा हासिल गरेको र जागिरे केटो थियो सायद लाग्छ यदि उसले चाहेको भए आफूसँगै पढेकी केटी रोज्न सक्थ्यो तर उसले सोच्छ पढाइमात्र ठूलो कुरा होइन । एउटा परिवारको व्यवस्थापन, चालचलन र इज्जत भए पढाइ भन्ने कुरा पढेपछि हुने र उनीको उमेर उच्च शिक्षा पढ्ने नभएकाले उसले पढाएर आफू जस्तै बनाउने निर्णय लिन्छ । उसले सृष्टीलाई आफ्नो बनाउने सपना मनभरी सोचिरहेको थियो भन्ने गरिन्छ देखेको सपना सबै पूरा हुँदैनन् तर जागिर खाएर कलाकारिता क्षेत्रमा परिचित हुने र सृष्टीलाई जीवनसाथी बनाउने सपना उसले देखिरहेको थियो ।
आफ्नो जीवनलाई दुःख तथा सङ्घर्षमय बनाएर बिताउने चाहने बसन्त उच्च शिक्षा हासिल गर्दासम्म शिक्षण पेसामा लागिरहेको थियो कहिलेकाहीं सृष्टीलाई भेट्न उ घरमै जान्थ्यो र सपनाको गाँठोलाई बलियो बनाउने प्रयास ग¥यो । बसन्त र सृष्टीको मायाको बारेमा परिवार बाहेक कसैलाई पनि थाहा थिएन र सम्बन्धको बारेमा अरुलाई थाहा नहोस् भन्ने चाहन्थे ती जोडी । यस्तै गर्दागर्दै समय बित्दै गयो र उनीहरूको मायामा पूर्ण विश्वास भएपछि एकदिन बसन्तले सृष्टीलाई विहारको लागि कुरा राख्यो तर सृष्टीले सुरुमा अस्वीकार गरिन् । नगरुन् पो कसरी उनी भर्खर १६ वर्षकी मात्र थिइन् । सायद सृष्टी पनि बसन्त बाहेक अरुसँग बाँच्न नसक्ने भइसकेकी थिइन् । सृष्टीले बसन्तलाई विवाह गरौं भनेर भन्न नसके पनि जाने लक्षणहरू देखाएपछि बसन्तले भाग्ने निर्णय गरी योजना बनायो । एकदिन रातीको समयमा जुन ताराहरू टल्किरहेका थिए, उनीहरू सृष्टीको घरबाट भागे र यस्तो ठाउँमा गए जहाँ उनीहरूलाई कसैले पनि चिनेकै थिएन । आफ्नै जातकी केटी भगाउनु र सृष्टी पनि आफ्नैस्तरको केटासँग भाग्नु कुनै अपराध थिएन त्यो त उनीहरू जीवन काट्ने सपना र मायाको विजय थियो । बसन्तले कहिल्यै पनि सृष्टीको पढाइ कम भयो भनेर सोचेको थिएन र त लाग्छ माया नै ठूलो हो । केही समयपछि दुवै परिवार स्वीकार्य भएपछि बसन्तले सृष्टीलाई घर लगि विवाह ग¥यो र दुवै जनाले सँगै जीवन कटाउने वाचा गरी परिवारलाई सम्झाए । दुवै जना शिशिर र रितुबाट छुटेर फेरि सहर आए र आफ्नो कार्यहरू अगाडि बढाउन थाले । बसन्त आफ्नो उच्च शिक्षा सकेर शिक्षण पेसामा व्यस्त हुँदै कलाकारिता क्षेत्रमा पनि प्रख्यात भयो । सृष्टी आफ्नो +२ शिक्षाको लागि व्यस्त भइन् ।
आ–आफ्ना कामहरूमा बसन्त र सृष्टी व्यस्त भए पनि उनीहरूको मायामा कहिल्यै कमी भने आएन बसन्त र सृष्टीको जोडी पनि कम्ती थिएन र उनीहरूले एक अर्कालाई धेरै माया गर्थें र दुवै जना सहयोगी भावनाका थिए । केही समयपछि बसन्त र सृष्टीले बाबाआमा शिर र रितुलाई सहर ल्याएर सुखमय जीवनको सुरुवात गर्न थाले र शिशिर र रितुलाई लाग्थ्यो कि छोरा बुहारी हुन त बसन्त र सृष्टी जस्तै । उनीहरू आफ्ना छोराबुहारीमा सन्तुष्टी थिए । अन्त्यमा बसन्तको सपना साकार भयो र साथ दिने काम सृष्टीको पनि थियो । त्यसैले बसन्त र सृष्टीको परिवार एउटा नमुना परिवार भएर चिनियो । त्यसैले भन्ने गरिन्छ कुनै पनि कुरा सफल बनाउनको लागि सपना देख्न आवश्यक हुन्छ त्यसपछि परिश्रम गर्दै र आश बोकेर अगाडि बढे बसन्त र सृष्टीको जीवन जस्तै सफलता हासिल गर्न सकिन्छ ।