क्यान इन्फोटेक हुँदै

सुर्खेत : सुर्खेतमा क्यान इन्फोटेक–२०२० सञ्चालन हुने भएको छ । यही फागुन २८ देखि चैत्र दुई गतेसम्म हुने इन्फोटेक क्यान महासंघ सुर्खेतले आयोजना गर्ने भएको हो ।

सूचना र प्रविधि सम्बन्धी ६५ वटा स्टलहरू प्रदर्शनीमा राखिने आयोजक संस्थाका क्यान महासंघ जिल्ला सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार इन्फोटेकमा विभिन्न सामग्रीहरू विशेष सहुलियतमा समेत बिक्री वितरण गरिनेछ । प्रविधिको प्रचारको लागि गर्न लागिएको इन्फोटेकले नाफा कमाउने उद्देश्य नराखेको अध्यक्ष आचार्यले बताए । उनका अनुसार इन्फोटेकको लागि स्टल बुकिङ्ग समेत खुल्ला
भइसकेको छ ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७६, शुक्रबार ०५:०४