मदन भण्डारी फाउण्डेशन गठन
सुर्खेत : कर्णालीमा प्रदेशस्तरीय मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा २९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो ।
समितिको सचिवमा सुर्खेतका कुलमणि देवकोटा रहेका छन् । सदस्यमा नन्दसिंह बुढा, मीना रखाल, दानसिंह परियार, कौशिलावती खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द, मेनका पछाई लगायत छन् ।
मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरूको अध्ययन, अनुसन्धान, विकास तथा तिनको कार्यान्वयन गर्दै सामाजिक विकास गर्ने उद्देश्यले प्रदेश समिति गठन गरिएको जनाइएको छ । समितिका पदाधिकारीहरूलाई नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद लक्ष्मी पोखरेलले एक कार्यक्रमकाबीच सपथ ग्रहण गराएका छन् । साथै उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताए ।
यसैबीच फाउण्डेशनको पहिलो बैठकले विभिन्न सात वटा निर्णय समेत गरेको छ । जस अन्तर्गत सचिव कुलमणि देवकोटालाई कार्यालय सञ्चालनको जिम्मेवारी दिइएको छ भने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मीना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुम पश्चिममा ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ ।
प्रकाशित मितिः ९ फाल्गुन २०७६, शुक्रबार ०५:०३
साझा बिसौनी ।