चिन्ड्रेन्सको वार्षिकोत्सव

सुर्खेत : चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयको १९औं वार्षिकोत्सव मनाइएको छ । बिहीवार विद्यालयमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन विद्यार्थी र शिक्षकहरू मिलेर बनाएको ड्रोनको परीक्षण उडान तथा रोबोटिक कार गुडाएर गरिएको थियो ।

विद्यालयले पाँच वटा लक्ष्य निर्धारण गरेको छ । वार्षिकोत्सवको अवसरमा लक्ष्य–२०२५ सार्वजनिक गरिएको हो । जसअन्तर्गत गुणस्तरीय शिक्षा, स्वस्थ र सरसफाइ व्यवहार, प्रविधिमैत्री शिक्षण, अन्तर्राष्ट्रियकरण तथा समुदाय सहभागिता रहेको विद्यालयका प्रबन्ध सञ्चालक यदुप्रसाद ज्ञवालीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल आचार्यको सभापतित्व तथा वीरेन्द्रनगर–८ का वडा अध्यक्ष थम्मप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।