वडास्तरीय रनिङ्गशिल्ड सम्पन्न

सुर्खेत : बराहताल गाउँपालिका वडा नं. २ को आधारभूत तहस्तरीय रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा भेरी माध्यमिक विद्यालय रानीघाटको आयोजनामा बुधवार प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा आयोजक भेरी माध्यमिक विद्यालय प्रथम, विजयश्वरी माध्यमिक विद्यालय हरिहरपुर द्वितीय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिस्नेरी तृतीय भएका छन् । शब्द लेखन, प्रारम्भिक पढाइ सीप प्रतियोगिता, श्रुति लेखन, अनु लेखन, कम्प्युटर टाइपिङ्ग, हिसाब दौड, अंक दौड लगायतका खेल समावेश गरिएको प्रतियोगिता वडाभित्रका पाँच वटा विद्यालयको सहभागिता रहेको थियो । उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडेल, शिल्ड, प्रमाण–पत्र र स्टेशनरी सामग्रीसहितको पुरस्कार प्रदान गरिएको भेरी माविका प्रधानाध्यापक रत्नबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७६, शुक्रबार ०५:००