सिलाइकटाइ तालिम
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ चैत ।
आवाज संस्था सुर्खेतको आयोजनामा तीन महिने सिलाइ–कटाइ सम्बन्धी सीप विकास तालिम सोमवारदेखि गर्पनमा सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतको र लघुउद्यम विकास कार्यक्रम मेडेपको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको आवाजका कार्यक्रम संयोजक शेरबहादुर कुमालले बताए । तालिममा १० जना महिलाहरूको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा गाउँ विकास समिति गर्पनका सचिव कमलप्रसाद खराल, राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका प्रमुख तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १६ चैत्र २०७२, मंगलवार ०६:००
साझा बिसौनी संवाददाता ।