प्रवद्र्धनात्मक पर्यटन आन्तरिक कि बाह्य ?
![]() |
कुलप्रसाद चपाईं |
हाम्रो देश नेपाल पर्यटनको लागि उत्कृष्ट गन्तव्य स्थल मानिन्छ । भनिन्छ यहाँ प्रशस्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी फाइदा लिन सकिन्छ । त्यसै अनुरूप आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा विभिन्न क्रियाकलापहरू सञ्चालित छन् तर लगानीको तुलनामा पर्यटकीय गतिविधि र क्रियाकलापहरूले ठाउँलिन सकिरहेको छैन । यहाँ आन्तरिक भन्दा बाह्य पर्यटकलाई धेरै महŒव दिने गरिन्छ । अझ त्यसभन्दा पनि बाहेक सार्क राष्ट्रभन्दा बाहिरका पर्यटकलाई बढी महŒव दिने गरिन्छ । तिनीहरूले यहाँ थप पैसा खर्च गर्दछन् र विदेशी मुद्रा आर्जन गर्न सजिलो पनि हुने देखिन्छ । जे जति पर्यटन उद्योगहरू खोलेका छन् तिनीहरू सबै कमजोर अर्थतन्त्रलाई उकास्ने गरिएका क्रियाकलापको रूपमा लिने गरिन्छ । तर बाह्य पर्यटकलाई महŒव दिने गरिएको छ । त्यति आन्तरिक पर्यटक प्रवद्र्धनमा अगाडि बढ्न नसकेको कुरा साँचो जस्तो देखिन्छ । यो मामिलामा सम्बन्धित सरोकारवालाहरू एउटा अर्थमा पनि नजिक देखिएका छैनन् । जुन पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक जाने गर्दछन् उनीहरू त्यहाँ धित खोलेर क्रियाकलाप गर्न नपाएको, आफू त्यस्तो ठाउँमा जाँदा कसैले अपहेलित हुनु परेको गुनासो पनि यता कता आउने गरेका छन् ।
मेरो गुरुले एक स्मरण सुनाउँदै आफ्नो अनुभव एउटा पर्यटकीय क्षेत्रमा सन्तोषजनक नभएको बताउनुभयो । गाविसस्तरीय अगुवा महिला स्वयम्सेविकाहरूलाई लिएर गएको उक्त टीम पर्यटकीय क्षेत्रमा गाडीबाट ओर्लदा लेकाली मानिसलाई हेर्न आउ भनेर आफूहरूलाई हेर्न धेरै मानिस जम्मा भएको र आफूहरू त्यहाँ अनौठो मान्छे जस्तो व्यवहार पाएको कुरा बताउँदा हामीहरू दैलेख जिल्लाको महŒवपूर्ण धार्मिक तीर्थस्थलमा थियौं । हाम्रो टोली त्यहाँ पुग्दा यो कुरा भेट्यो कि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने खालका विभिन्न तीर्थस्थलहरू रहेका छन् । जहाँ प्रचार–प्रसारको कमी देखिन्थ्यो । पञ्चकोशी, कोटिला, नागस्थान, पादुका, धुलेश्वर, श्रीस्थान, पञ्चपाण्डव, देवलहरू त्यहाँको उत्कृष्ट गन्तव्यको रूपमा रहेको भेटायौं । हामीले कुरा गर्दै जाँदा र घुम्दै जाँदा देख्यौं कि एक जोडी बाह्य पर्यटकहरू पनि त्यहाँ घुम्दै थिए ।
उनीहरू भन्दा हामी केही फरक थियौं । फरक यो थियो कि उनीहरू त्यहाँ धुम्रपान सेवन गर्दै थिए । सायद त्यो जाँगा हुन सक्थ्यो । उनीहरूसँग ब्याग थियो तर ब्यागमा पानी थिएन । तर हामी सबैसँग एक–एक बोतल मिनिरल वाटरको बोतल थियो । हेर्दा–हेर्दै उनीहरूले नजिकको धारामा पानी थापेर पिए तर हामीहरू त्यो मामिलामा केही अलग थियौं । भलै उनीहरूले त्यो पानीलाई शुद्धीकरण गरेर पिएका होइनन् तर उनीहरूको तुलनामा हामीहरू धेरै पैसा खर्च गर्ने पर्यटक बन्यौं । किनकि हामीहरू त्यो पानी किनेर पिएका थियौं । त्यो एउटा साधारण दृष्यले हाम्रो देशको वास्तविकता बाह्य पर्यटकको अवस्थालाई देख्न मद्दत गर्दछ । तर यसो भन्दैमा उनीहरू निकै कञ्जुस हुन्छन् र पैसा नै खर्च गर्दैनन् भनेको चाहिँ होइन । यहाँ भन्न के खोजिएको हो भने हाम्रो देशमा पर्यटनसँग सम्बन्धित नियम बनाउन आवश्यक छ र त्यसको साथसाथै बाह्य पर्यटक र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने खालको क्रियाकलाप गर्न आवश्यक छ । यो जमानामा सबैले बुझेको छ कि मनोरञ्जन, घुमफिर र एकान्त सबैलाई आवश्यक छ । चाहे त्यो विकसित देशको मानिस होस् चाहे अल्पविकसित र अविकसित देशको नै किन
नहोस् । उसले प्रकृति, वातावरण र समाजलाई राम्रोसँग चिन्न चाहन्छ । त्यसैले विदेशी पर्यटकहरू जुन रूपमा आउन, जस्तो रूपमा आउन त्यसको प्रवाह भएन । तर आन्तरिक र बाह्य दुवै पर्यटकलाई समानरूपमा आकर्षित गर्ने क्रियाकलाप आवश्यक देखिन्छ । उहाँ विदेशबाट बेरोजगार भत्ता बुझेर नेपाल आउने पर्यटकलाई मात्र होइन । युवा, किसान, मजदुर, सरकारी कर्मचारी, विद्यार्थी सबैलाई कुनै न कुनै स्थानमा घुम्न जानको लागि सरकार तथा सम्बन्धित सरोकारवालाहरूले प्रोत्साहन गर्नु आवश्यक छ । यसका लागि सरकारले सम्बन्धित क्षेत्रबाट पर्यटन नीति जारी गरी लागू गर्नुपर्दछ ।
पर्यटनबाट प्रवद्र्धनात्मक पक्षलाई उजागर गराउनका लागि गरिनुपर्ने क्रियाकलाप सही र समय सापेक्ष हुनुपर्ने देखिन्छ । कुनै भिडभाड, रिस, दोष र आवेगको पर्यटन गतिविधिले कसैलाई पनि फाइदा गर्दैन । जति महŒव बाह्य पर्यटकलाई दिने गरिन्छ । त्यति महŒव आन्तरिक पर्यटकलाई पनि दिइनु आवश्यक छ । तब मात्र हाम्रो पर्यटन प्रवद्र्धन समानुपातिक रूपमा हुनसक्ने निश्चित प्रायः छ ।
प्रकाशित मितिः १६ चैत्र २०७२, मंगलवार ०५:५९
साझा बिसौनी संवाददाता ।