कर्णाली एक्सपो सुरु

सुर्खेत : दोस्रो कर्णाली एक्सपो मंगलवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । ‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारः अर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन् पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन गरिएको महोत्सव १७ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली थुप्रै सम्भावनाको प्रदेश भएको बताए । उनले कर्णालीमा रहेका सम्भावनाहरूलाई चिन्न सकेको खण्डमा देशकै धनी प्रदेश बन्न सक्ने बताए ।

सुर्खेत उद्योग वाणीज्य संघका अध्यक्ष धनबहादुर रावतले भने यो महोत्सव अरु महोत्सव भन्दा फरक उद्देश्यले सञ्चालन गर्न लागिएको बताए । उनले आर्थिक संकलन र नाफामुखी मात्र नभएर महोत्सवबाट भएको आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामूहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताए । महोत्सव फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७६, बुधबार ०५:०४