कराँते प्रतियोगिताको उपाधि साउथ एसियनलाई

सुर्खेत : वीरेन्द्रनगरमा भएको प्रथम खुल्ला वडास्तरीय कराँते प्रतियोगिताको उपाधि साउथ एशियन स्कलार्स एकेडेमीले जितेको छ । साउथ एशियनले ११ स्वर्ण, ११ रजत र ८ काँस्यपदकसहित प्रथम भएको हो ।

यस्तै हार्भेष्टमुन सेकेण्डरी स्कूल दोस्रो भएको छ । उसले सात स्वर्ण र तीन रजत हात पारेको छ । समावेशी डोजोले ६ स्वर्ण, १२ रजत र सात काँस्य हात पार्दै तेस्रो भएको छ । वीरेन्द्रनगरको वडा नम्बर ४ वडास्तरीय युवा सञ्जालको आयोजना र ४ नम्बर वडा कार्यालयको सह–आयोजनामा भएको खुल्ला प्रथम खुल्ला वडास्तरीय कराँते प्रतियोगितामा कुल एक सय ९३ जना खेलाडी सहभागी रहेको सञ्जालका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ साउथ एशियनकै निशान खड्का र महिलातर्फ अञ्जना शाही च्याम्पियन भएका छन् । प्रतियोगितामा प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७६, मंगलवार ०५:०१