फोटो पत्रकार महासंघमा खड्का

सुर्खेत : नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा सुशील खड्का चयन भएका छन् । महासंघको सोमवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा गोविन्द केसी, सचिवमा ज्योति कटुवाल, सह–सचिवमा नविन पौडेल र कोषाध्यक्षमा सीता ओली चयन भएका छन् । यस्तै सदस्यहरूमा नन्दराम जैसी, छपाल लामा, अप्सरा विष्ट, बालकृष्ण डाँगी, कविराज कार्की, मदन विक, नविन शाही, राकेश पौडेल, बद्री पन्त र प्रिन्स चन्द छन् । सह–कोषाध्यक्ष र एक सदस्य भने महासंघको पूर्ण बैठकले मनोनित गर्ने अध्यक्ष खड्काले बताए ।

यस्तै, नेपाल फोटो पत्रकार संंघ सुर्खेत शाखा अध्यक्षमा यज्ञ खत्री चयन भएका छन् । संघको उपाध्यक्षमा नविन शाही, सचिवमा रेवती रमन उपाध्याय र सह–कोषाध्यक्षमा लक्ष्मी पौडेल चयन भएका छन् । सदस्यहरूमा दिनेश बुढा, जगतदल जनाला विक, महेश रोकाय छन् । कार्यसमिति कोषाध्यक्ष र बाँकी सदस्यहरूको भने शाखा सुर्खेतको बैठकले मनोनित गर्ने अध्यक्ष खत्रीले जानकारी दिए । प्रदेश र जिल्ला शाखाको नयाँ कार्यसमिति चयन गर्न महासंघका केन्द्रीय महासचिव हरि रेग्मी र केन्द्रीय सदस्य विशाल सुनार, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कमल पन्त, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतको सहभागीता थियो ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७६, मंगलवार ०५:००