महराको मुद्दा फैसला आज
काठमाडौं : आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला आज (सोमवार) हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतवारै सुनुवाइ सकिए पनि फैसला भने सोमवार सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
गत कार्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश पौडेलले फैसला सुनाएका हुन् ।
गत असोज पहिलो साता महरामाथि संसद् सचिवालयमै कार्यरत रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । त्यस्तो आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनी सोही कारागारमा छन् ।
प्रकाशित मितिः ५ फाल्गुन २०७६, सोमबार ०५:०४
साझा बिसौनी ।