‘पढाइमै बित्यो बाल्यकाल’
सुुशील रानाक्षेत्री कम्प्युुटर साइन्सका शिक्षक हुुन् । उनी हाल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर (डाँडास्कुुल)मा कार्यरत छन् । बुवा चन्द्रबहादुर रानाक्षेत्री र आमा तोरण क्षेत्रीको सन्तानका रूपमा सिम्ता गाउँपालिका वडा नं. ९ खानीखोलाको काँडेसिम्तामा जन्मिएका क्षेत्रीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः
बाल्यकाल रमाइलोसँग बित्यो । म घरको जेठो छोरा । हामी दुुई भाइ मात्र छौँ । शिक्षित परिवार भएकाले मलाई सानैदेखि पढ्नुु पर्छ भन्ने भावना थियो । मेरो आमा र बुबा शिक्षक हुुनुुहुुन्थ्यो । उहाँहरूले हामी दुई भाइलाई पढाइमा नै ध्यान दिन भन्नुहुुन्थ्यो । पढाइबाहेक घरको काम गर्नुपथ्र्यो ।
हजुरबुबाको प्यारो नाती
म सानैदेखि प्रायः मामाघरको हजुरबुवा (गणेशबहादुर खत्री) सँगै बसें । उहाँको म प्यारो नाती थिएँ । कतै जाँदा उहाँले मलाई सँगै लैजानुु हुुन्थ्यो । उहाँको झोला बोकेर हिँड्थे । हजुरबुवासँग घोडामा चढेर रामघाट, जहरे र वीरेन्द्रनगर आउँथे । घरमा खाना मिठो पाकेन भने हजुरबुवासँग भनेर खान्थँे । कहिलेकाहीं घरमा आमाबुुवाले गाली गर्नु भयो भने हजुरबुबाको घरमा गइहाल्थेँ । दुुई÷तीन दिनसम्म उहाँसँगै बस्थँे । मैले हजुरबुुवासँग साथ गरेर बाल्यकालमा धेरै कुरा सिकेको छुु । अनुशासित बन्नुपर्छ, कसैको एक रूपैयाँ पनि खानुहुन्न र मेहेनत गर्न छोड्नुहुन्न भन्ने शिक्षा पाएको छु ।
शिक्षक बन्ने सपना
पढेपछि भविष्यमा गएर शिक्षक बन्नु पर्छ भन्ने लाग्थ्यो । सबै शिक्षक भएकाले शिक्षक नै बन्छुु भन्ने लाग्थ्यो । हजुरबुवा तथा आमाबुुवाकै प्रेरणाले मैले शिक्षक बन्ने सपना देखेको थिएँ । पढ्दै बुुझ्दै जाँदा शिक्षण पेसातर्फ मेरो झुकाव बढ्यो । र यसमा मेरो परिवारको साथ पनि भयो । सपना पूरा गर्न पारिवारिक सहयोग र समाजलाई बुुझेको हुुनुुपर्छ । घरको दुःख सम्झेर मेहेनत गरेर पढेपछि सपना पूरा हुुन्छ भन्ने मलाई लाग्छ ।
सरल स्वभाव
म बाल्यकालमा सामान्य, सरल स्वभावको थिएँ । केही कुुारा जान्न इच्छुुक हुन्थेँ । साथीभाइहरूसँग मिल्ने, आमाबुुवा र शिक्षकले भनेको कुरा मान्थँे । पढाइ राम्रो थियो । कक्षा आठसम्म सामान्य नै थियो । कक्षा नौँ पछि भने पढाइमा राम्रो हुुँदै गयो । मैले कक्षा आठ पास गरेपछि पढाइका लागि वीरेन्द्रनगर आएँ । वीरेन्द्रनगरमा अमरज्योति नमूना माध्यमिक विद्यालयमा पढ्न थालँे । घरबाट टाढा आएपछि मैले अझ मेहेनत गरेर पढ्नु पर्छ भन्ने लाग्थ्यो । त्यसले पनि नाँै कक्षादेखि मेरो पढाइ राम्रो हुँदै गयो । एसएलसी पास हुँदा सबैभन्दा बढी खुुशी लागेको थियो । प्रथम डिभिजनमा एसएलसी पास गरेको थिएँ । रिजल्ट आए पछि सबैभन्दा पहिले हजुरबुुवालाई सुुनाउन पाउँदा खुशी भएको थिएँ ।
मैले बाल्यकालमा साथीहरूसँग धेरै घुुलमिल हुुने मौका पाइनँ । किन भने प्रायः साथीहरू कुलतमा लाग्ने, नपढ्ने र बदमासी गर्दै हिँड्थे । मलाई आमाले उनीहरूको साथमा लागेर बिग्रिन्छ भनेर जान दिनु हुन्थेन । तर हामी दुुई भाई भने साथी जस्तै थियौँ । खेल्दा हामीसँगै खेल्थ्यौँ । त्यस बेलामा खेल्ने भनेको सबैभन्दा बढी हामीले गुुच्छा हुन्थ्यो । घरमा ल्याएर खेलेको थाहा पाएपछि आमाले गाली गर्नुहुुन्थ्यो । त्यस कारण हामीले बाटोमा लुकाउने र स्कुुल जाँदा लिएर जान्थ्याँै । हामी दुुइ भाइ मिल्थ्यौँ । एक जना गाउँको हामी भन्दा अलि बलियो साथीले जहिले पनि पिट्न र हेप्न खोज्थ्यो । उसलाई हामी दुुई भाइ मिलेर लाग्यौँ भने जितिहाल्थ्यौँ ।
गोठालो पनि जान्थ्यौँ
बाल्यकालमा पढाइसँगै हामी गोठाला जान्थ्यौं । बुुवाआमा शिक्षक भएकाले घरको काममा त्यति समय हुुन्थेन । उहाँहरूलाई काममा सघाउँथ्यौं । गाईभैसी हेर्ने, गोठाला जाने, घरमा खाना पकाउने, सरसफाइ गर्ने काम गर्ने गर्नुपथ्र्यो । गोठाला जाँदा साथीभाइहरूसँग खेल्थ्यौँ । रमाइलो हुन्थ्यो । सबैभन्दा बढी आमाको डर लाग्थ्यो । अनि माया पनि लाग्थ्यो । उहाँको कडा शासन थियो । आमाले भनेको सबै मान्नुुपथ्र्यो । काम परेपछि मात्र जान्थ्याँै । नभए गाउँ जाँदैनथ्यौं । साथीहरूसँग खास जान पाइदैन्थ्यो ।
बाल्यकालमा बदमासी भनेको भाइ ढिलो हिँड्यो भनेर मैले पिटेँ । दुई भाइको झगडा नै प¥यो । आमाले घरबाट देख्नुु भएको रहेछ । पछि घर आएपछि त्यस दिन आमाले खाना नै खान दिनुुभएन ।
विद्यालयमा हुुने गतिविधिमा अलि बढी रुचि थियो । वादविवाद र वक्तृत्वकला प्रतियोगितामा बढी सहभागी हुुन्थँे । अर्को रुचि भनेको वृद्धवृद्धासँग रमाउन मन लाग्थ्यो । किन भने म हजुरबुवासँगै भएकाले पनि यस्तो रुचि भएको हो भन्ने लाग्छ । म अझै पनि घर गएँ भने मेरो साथीहरू म उमेरका भन्दा पनि वृद्धवृद्धा नै हुन्छन् । उहाँहरूको प्यारो छु । उहाँहरूले मलाई जेठा भनेर सम्झनुु हुुन्छ ।
बालयकालमा विशेष गरेर पढाइमै बढी समय बित्यो । मेरो हजुरबुुवा र आमाले म पढ्ने विद्यालयमै पढाउनु हुुन्थ्यो । हजुरबुुवाले कक्षा पाँचसम्म पढाउनुु भयो । त्यसैले पनि जसरी पनि पढाइमा जोड हुुन्थ्यो । सेतो सर्ट लगाएको कोही मान्छे टाढाबाट देखेभने किताब समातेर पढ्न बसिहाल्थेँ । बाल्यकालमा चाडपर्व अझै रमाइला लाग्थे । मिठो खान पाइने, रमाइलो गर्न पाइने भएकाले पनि बाल्यकाल रमाइलो लाग्थ्यो । मामाघर जान पाइन्थ्यो ।
म १३ वर्षको उमेरमा वीरेन्द्र्रनगर आएँ । यहाँ आएपछि अझ संघर्ष गर्नुप¥यो । म हिजोआज बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म व्यस्त हुुन्छुु । घरमा हुँदा मेरो भाइ साथी थियो । भाइसँग अनि हजुरबुुवासँग छुट्टिएर आउँदा केही नरमाइलो र मन त दुुखेको थियो । तर म वीरेन्द्रनगरमा पनि मामाको घरमा बसेर पढ्ने भएकाले खासै गाह्रो भएन । मेरो रेखदेख मेरो अन्टीले गर्नुहुुन्थ्यो । उहाँले हरेक दिन म स्कुुल जाँदा १० रूपैयाँ दिनुुहुन्थ्यो । कहिलेकाहीं हजुरबुुवा वीरेन्द्रनगर आइरहनुुहुन्थ्यो । केही पैसा दिनुहुन्थ्यो । बजारमा अरु साथीहरूले स्कुल आउँदा धेरै पैसा ल्याउँथे । नयाँ साथी हुुन्थे । नयाँ फेसनका कपडा लगाउँथे । घुलमिल हुुन गाह्रो हुुन्थ्यो । त्यसकारण अलि अप्ठ्यारो हुुन्थ्यो । बाल्यकाल सम्झेपछि अझै पनि रमाइलो लाग्छ । बाल्यकालले मलाई धेरै कुरा सिकाएको छ ।
प्रकाशित मितिः ५ फाल्गुन २०७६, सोमबार ०५:०३
मुना हमाल ।