कर्णालीमा आविष्कार केन्द्र स्थापना गर्न समझदारी

सुर्खेत : कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरिने भएको छ । यसका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारी–पत्रमा हस्ताक्षर भएको छ । बुुधवार केन्द्रका अध्यक्ष महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका डीन अनन्तराज घिमिरेले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुुन् ।

चालुु आर्थिक वर्षभित्र कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरीसक्ने गरी समझदारी–पत्रमा हस्ताक्षर भएको जनाइएको छ । समझदारी अनुसार विश्वविद्यालयले भौतिक पूर्वाधारदेखि आवश्यक अन्य सामग्री उपलब्ध गराउने र राष्ट्रिय आविष्कार केन्द्रले आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ । आविष्कार केन्द्र स्थापना भएपछि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अन्य व्यक्तिहरूले पनि नयाँ विषयको प्रस्ताव पेश गरेर नयाँ उत्पादन तथा आविष्कार गर्न पाउनेछन् ।
इन्जिनियरिङ्ग संकायका डीन घिमिरेले नयाँ विषयको आविष्कार गरेर कर्णाली प्रदेशको विकासमा सहयोग पुुग्ने अपेक्षा गरिएको बताए । उनले अब आविष्कार केन्द्र स्थापनाका लागि तयारी थालिने पनि जानकारी दिए । ‘आविष्कार केन्द्र स्थापना भएपछि विश्वविद्यालयका विद्यार्थी र जसले पनि नयाँ उत्पादन गर्न सक्नेछन् । हाम्रो उद्देश्य भनेको राज्यको विकासका लागि सहयोग पुुगोस् भन्ने हो । राष्ट्रिय आविष्कार केन्द्रले हामीलाई आइडिया र आर्थिक सहयोग गर्नेछ ।’

यस्तै कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुुनले नयाँ आविष्कारको माध्यमबाट विकास गर्न सकिने भएकाले समझदारी–पत्रमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्न जोड दिए । उनले प्रदेशमा स्थापना हुुने आविष्कार केन्द्रलाई आफूहरूले आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मितिः   १ फाल्गुन २०७६, बिहीबार ०९:१३