कोरम नपुुग्ने भएपछि संसद् स्थगित


सुर्खेत : कर्णाली प्रदेशसभाको आज (बिहीवार) बस्ने भनिएको बैठक तीन दिन पछाडि सारिएको छ । बुधवार नै प्रदेशसभा सचिवालयले सूचना जारी गरेर बिहीवारको बैठक स्थगित गरी फागुन तीन गतेका लागि आह्वान गरिएको जानकारी दिएको छ । वर्षे अधिवेशन सकिएको चार महिनापछि सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक गत शुक्रवार बसेको थियो । पहिलो बैठक बसेर एक सातापछि दोस्रो बैठक आह्वान गरिएको थियो । तर बुधवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठक थप तीन दिन पछाडि सारेको हो ।

निकै ढिलो सुरु भएको हिउँदे अधिवेशनमा पनि नियमति बैठक नबस्दा आलोचना भइरहेको छ । तर बिहीवारका लागि आह्वान गरिएको बैठकमा गणपूरक संख्या (कोरम) नै नपुग्ने भएपछि स्थगित गर्नुपरेको जनाइएको छ । विभिन्न कारणले जिल्लाबाहिर रहेका प्रदेशसभा सदस्यहरू उपस्थित नहुुने देखिएपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो ।

पहिलो बैठक बसेको एक सातापछि बस्ने तय भएको दोस्रो बैठक सांसदहरू अन्य कार्यक्रममा व्यस्त भएर उपस्थित हुुन नसक्ने भएपछि स्थगित भएको छ । बुुधवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो तीन बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरेर फागुन तीन गते शनिवार दिउँसो तीन बजे बस्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यस्तै सभामुुख राजबहादुर शाहीले पनि प्रदेशसभाको बैठकमा सबै सांसदहरू उपस्थित हुुने नदेखिएपछि स्थगित गरिएको जानकारी दिए । विभिन्न कार्यक्रमहरूमा सहभागी हुने प्रदेशका मन्त्रीहरूदेखि अन्य सांसदहरू सुर्खेत बाहिर पुगेका छन् । उनीहरूको अनुपस्थितिमा गणपूरक संख्या नै नपुग्ने भएको हो । जसले गर्दा बैठक नै स्थगित गरिएको छ ।

स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धेरै सांसदहरू सुर्खेत बाहिर छन् । विशेष गरेर आज (बिहीवार) जनयुद्ध दिवस मनाउन सांसदहरू विभिन्न जिल्लामा पुगेका छन् । दिवस मनाउने कार्यक्रमका लागि सांसदहरू गाउँ जानुुपर्ने भएकाले पनि बैठकलाई स्थगित गरिएको जनाइएको छ । नेकपाका प्रमुुख सचेतक सांसद गुुलाबजंग शाहले पनि सबै सांसदहरू उपस्थित हुुन नसक्ने अवस्था देखिएपछि बैठक स्थगित गर्नुपरेको स्वीकार गरे । उनले भने, ‘केही सांसदहरू अनुुगमनका क्रममा गाउँमा हुुनुुहुन्छ । जनयुुद्ध दिवसको अवसरमा कार्यक्रमहरू पनि रहेका छन् । त्यसैले हामीले सबै जना उपस्थित नहुुने देखिएपछि परामर्श समितिको बैठकबाट निर्णय गरेर स्थगित गरेका हौं ।’

अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसद् नियमित नभएको भन्दै आलोचना गरेका थिए । तर बिहीवारको बैठक स्थगित गर्न भने कांग्रेस पनि सहमत भएको छ । कांग्रेसका सचेतक दिनबन्धुु श्रेष्ठले आज जनयुुद्ध दिवसको कार्यक्रममा सांसदहरू व्यस्त हुुने भएकाले व्यवहारिक कुरालाई हेरेर बैठक स्थगित गरिएको जनाए । सबै सांसदहरू उपस्थित नहुने अवस्थाको अनुुमान गरेर बैठक तीन गतेका लागि स्थगित गरिएको उनको भनाइ छ । तर संसद्लाई नै अवरुद्ध गर्ने गरी बैठक स्थगित नगरेको श्रेष्ठले बताए ।

यद्यपि सचेतक श्रेष्ठले संसद्लाई काम दिने कुरामा सरकार सुस्त देखिएको आरोप लगाए । सरकारले संसद्मा पर्याप्त ‘विजनेश’ नदिँदा पनि संसद् प्रभावकारी हुुन नसकेको उनले बताए । ‘आजको बैठक हामीले संसद्लाई अप्रभावकारी गराउने सोचले स्थगित गरेका होइनौं’ उनले भने, ‘तर हामीले संसद्लाई प्रभावकारी रूपमा अघि बढाउन र सरकारले संसद्लाई पर्याप्त विजनेश उपलब्ध गराउन परामर्श समितिको बैठकमा कुुरा उठाएका छौं ।’

यसैबीच बुुधवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले फागुुन ३ गते बस्ने बैठकमा एउटा विधेयक पेश गर्ने एजेण्डा तय गरेको छ । प्रदेश वातावरण संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेश हुुने जनाइएको छ । बैठकमा शून्य समय, विशेष समयको व्यवस्था गरिने र सांसदहरूले प्रदेश सरकारसँग सम्बन्धित र जनसरोकारका विषयमा बोल्ने एजेण्डा तय गरिएको सभामुुख शाहीले जानकारी दिए ।