सुर्खेतका थानी बने मन्त्री

thani gसाझा बिसौनी संवाददाता
सुर्खेत, १० भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ का सांसद हृदयराम थानी मन्त्री बनेका छन् । गरिबी निवारण तथा सहकारी मन्त्री बनेका थानीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।
२०७० को संविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित थानी पहिलो पटक मन्त्री बनेका हुन् । वि.सं. २०१६ साल जेठमा गढी गाविसको बयलकाँडा सुर्खेतमा जन्मिएका उनी यसअघि राज्यव्यवस्था समितिको सभापति समेत भइसकेका छन् । उनले २०३६ सालदेखि विद्यार्थी सङ्गठनमार्फत् राजनीति सुरु गरेका थिए ।
२०५६ सालमा पनि सुर्खेत क्षेत्र नं. २ बाट नै निर्वाचन जितेर उनी सांसद भएका थिए । उनीसँग स्थानीय निकाय सञ्चालनको समेत अनुभव छ । थानी २०४९ सालमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष समेत थिए । १३ औं महाधिवेशनमा प्रदेश नं. ६ बाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मितिः   १० भाद्र २०७३, शुक्रबार ०७:१५