बचतसँगै आम्दानी

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ की बालकुुमारी कार्की दुुई वर्षअघि घरकै काममा सीमित थिइन् । घरायसी काम सकिएपछि दिउँसोको समय खेर जान्थ्यो । तर अहिले उनको दैनिकी फेरिएको छ । बिहान–साँझ घरको कामसँगै उनले आर्यआर्जन गर्ने गरेकी छन् । सर्वोत्तम पिठो उत्पादन उनको आम्दानीको स्रोत बनेको छ । घरायसी काम सकेर बचेको फुर्सदको समयलाई सदुपयोग गर्दै बालकुमारी पिठो उत्पादन गर्छिन् । उक्त पिठको बिक्रीबाट आम्दानी गरिरहेकी छिन् । कमाउन थालेपछि आफ्नो जीवनमा आएको परिवर्तनबारे बताउँदै उनले भनिन्, ‘आफ्नो कमाई भनेको फरक हुुने रहेछ । अरूसँग सानोतिनो कामका लागि पैसा माग्नुुपर्दैन । आफ्नो श्रम के हो भनेर थाहा पाएका छौं । दिदी–बहिनीसँग घुुम्न जाँदा केही किनेर लगाउन मन लाग्दा श्रीमान्सँग हात थाप्न छुुटेको छ ।’

सोही ठाउँकी शर्मिला आचार्यले पनि घरको कामसँगै सर्वोत्तम पिठो बनाउने काम गर्छिन् । आफूले कमाउन थालेपछि घर खर्च व्यवस्थापन गर्न सजिलो भएको उनको अनुुभव छ । उनले भनिन्, ‘यसबाट हामीले थोरै भए पनि आम्दानी गर्ने गरेका छौं । घरको कामलाई व्यवस्थापन गरेर दिउँसोको समय पिठो बनाउँछौं । घर खर्चमा श्रीमान्लाई पनि सघाएका छौं ।’ उनले बच्चादेखि वृद्धको स्वास्थ्यको लागि हो यो पिठो प्रयोग गर्नु राम्रो भएको उनले बताइन् । कार्की र आचार्य जस्तै अहिले उक्त आमा समूहका महिलाहरूको दैनिकी फेरिएको छ । १० वर्षअघि सामान्य बचत गर्ने गरी गठन गरिएको आमा समूहमा आवद्ध महिलाहरू अहिले आफै कमाउँदै बचत गर्ने भएका हुन् । दुुई वर्षदेखि आमा समूहका सदस्यहरूले सर्वोत्तम पिठो बनाएर आम्दानी गर्दै आएका छन् ।

स्थानीयस्तरमा पाइने मकै, भटमास र गहुँबाट सर्वोत्तम पिठो बनाउँछन्् । यस कामका लागि उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित बजेटको एक लाख रूपैयाँ सहयोग गरेको थियो । वडा कार्यालयले दिएको एक लाखमा समूहमा बचत गरेको आन्तरिक बजेटले सर्वोत्तम पिठो उत्पादन सुरु गरेका थिए । आमा समूहमा अहिले १८ जना महिलाहरू आवद्ध छन् । बचतका लागि मात्रै महिनाको एक पटक जम्मा हुुने महिलाहरूको अहिले दिनहुुँ भेट हुुन्छ । आमा समूहकी सदस्य आचार्यले भेटघाटसँगै खेर गएको समयको सदुपयोग र आम्दानी भएको बताइन् । ‘पहिले बिहान–साँझ घरकै काम हुुन्थ्यो । दिनभरी त्यसै बसेर समय खेर जान्थ्यो’ उनले भनिन्, ‘अहिले दिदी–बहिनी मिलेर काम गर्छौं । फुर्सद नै हुुँदैन । आफ्नो कमाई कस्तो हुुँदो रहेछ भनेर चिन्न पाएका छौं ।’

एक सय रूपैयाँबाट बचत सुरु गरेका महिलाहरूले अहिले मासिक पाँच सय बचत गर्छन् । आमा समूहको कोषमा हाल ६ लाख भन्दा बढी रकम जम्मा भइसकेको छ । आमा समूहका महिलाहरूले सर्वोत्तम पिठो बनाउन कामको विभाजन गर्छन् । काम गर्नका लागि उनीहरूको ६÷६ जनाको तीन वटा समूह छ । सर्वोत्तम पिठो बनाइसकेपछि बिक्रीका लागि आमा समूहका सदस्यहरू पालो अनुसार जान्छन् । सर्वोत्तम पिठो बनाउनका लागि वीरेन्द्रनगरमा बालबालिकालाई खोप लगाउने ठाउँ तथा स्वास्थ्य संस्थाहरूमा जाने गर्छन् । आमा समूहका अध्यक्ष लालमती पन्तले स्वास्थ्य संस्थामा गएर बिक्री गर्ने गरेको बताइन् । उनले सर्वोत्तम पिठो बालबालिकादेखि वृद्धावृद्धले खान मिल्ने बताइन् । आधा किलोको एउटा प्याकेटलाई एकसय रूपैयाँमा बिक्री गर्ने गरेका छन् ।

कुपोषण घटाउने लक्ष्य

आमा समूहले आर्थिक आय–आर्जन मात्र नभएर कुुपोषण घटाउने उद्देश्यले पनि आमा समूहका सदस्यहरूले सर्वोत्तम पिठो उत्पादनमा लागेका हुुन् । आमा समूहका अध्यक्ष पन्तले आफूहरूले समाज सेवा गर्नुपर्छ भन्ने सोचले पनि सर्वोत्तम पिठो बनाउन सुरु गरिएको बताइन् । ‘आम्दानी पनि हुने र समाज सेवा हुुने भएकाले हामीले सर्वोत्तम पिठो बनाउन सुरु गरेका हौं’ उनले भनिन्, ‘कुुपोषित बालबालिकालाई संख्यालाई कम गर्न हामीले पनि सहयोग गर्नुपर्छ भन्ने सोचले पनि सुरु गरेका हौं ।’ उनले अहिले टोलमा प्रायःले सर्वोत्तम पिठो प्रयोग गर्न थालेको बताइन् ।

आमा समूहका सदस्यहरूले आधा किलोको सर्वोत्तम पिठोको प्याकेटलाई एक सय रूपैयाँमा बिक्री गर्ने गरेका छन् । आमा समूहका अध्यक्ष पन्तले सरकारले बजारीकरणमा सहयोग गरीदिए आफूहरूलाई सहज हुुने बताइन् । बजारीकरणमा सहयोग भए अन्य महिलाहरूलाई पनि पिठो उत्पादनमा आवद्ध गराउन सजिलो हुने उनको भनाइ छ ।