केन्द्रीय सदस्यलाई बधाई

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ चैत ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. २ ले कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुने सुर्खेतका दुई सांसदलाई बधाई ज्ञापन गरेको छ । सोमवार बसेको क्षेत्रीय कार्यसमिति बैठकले खुला केन्द्रीय सदस्यतर्फ निर्वाचित पूर्णबहादुर खड्का र प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित हृदयराम थानीलाई बधाई ज्ञापन गरेको हो । 
यस्तै बैठकले वार्षिक कार्ययोजना बनाउनका लागि भुपेन्द्र सुवेदी, गणेश पन्त र सरस्वती पन्त सम्मिलित समिति पनि गठन गरेको छ भने निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन निर्वाचनमा कर्मचारी युनियन÷संघलाई विजयी गराउन नेता कार्यकर्ताहरूलाई क्रियाशील हुन निर्देशन दिएको छ । बैठकले कांग्रेसको वडा, गाउ“, नगर र क्षेत्रको चुनाव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ । बैठक क्षेत्रीय सभापति नारायण कोइरालाको सभापतित्वमा बसेको थियो ।