अपाङ्गतामैत्री हुँदैनन् सार्वजनिक कार्यक्रम

मुना हमाल,
सुर्खेत : ‘तपाईंहरूले यो कार्यक्रममा मलाई अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गराउने गरी बोलाउनुुभयो । तर म यो कार्यक्रमा नआएपनि हुन्थ्यो । तपाईंहरूले के भन्नुुभयो मैले केही बुुझिनँ । दोभाषे राखेको भए सबै कुरा सजिलैसँग बुुझ्न सक्थँे’ सुस्त श्रवण भएका वीरेन्द्रनगरका यज्ञबहादुर कार्कीले शनिवार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमा भने ।

यज्ञ न बोल्न सक्छन्, न अरुले बोलेको सुन्न सक्छन् । उनी सांकेतिक भाषाको प्रयोग गर्छन् । तर जुन कार्यक्रममा उनलाई बोलाइयो त्यहाँ सांकेतिक भाषाको प्रयोग नभएपछि उनले आफू कार्यक्रममा सहभागि हुनुको औचित्य नभएको बताए । अर्का सहभागि नन्दप्रसाद चौलागाइको सहयोगले सांकेतिक भाषा मार्फत आफ्ना भनाइ राख्दै उनले कार्यक्रममा सहभागिताको लागि मात्र बोलाइने तर अपाङ्गतामैत्री कार्यक्रममा ध्यान नदिने गरेको गुनासो गरे । मध्यपश्चिम बहिरा शसक्तिकरणका अध्यक्ष समेत रहेका कार्कीले भाषाको विकास गर्नुपर्ने माग पनि गरे ।

वीरेन्द्रनगर–२ ढोडेखालीका मदन कार्की ह्वीलचियरको प्रयोग गर्दछन् । विभिन्न संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रममा उनलाई निम्तो आउँछ । उनी सकेसम्म पुग्न खोज्छन् । तर कार्यक्रम स्थलसम्म पुग्नै सकस हुुन्छ । सडकदेखि लिएर ठूला–ठूला संरचनाहरू अपाङ्गतामैत्री नहुुँदा पनि पहिलो कुरा त कार्यक्रम स्थलसम्मै पुुग्न समस्या हुुने गरेको उनको भनाइ छ । ‘सडकमा खाल्डाखुल्डी हुन्छन् । सडकमै हिंड्न समस्या हुन्छ । कार्यक्रम स्थल पनि माथिल्लो तलामा हुुन्छ । सिंढी चढ्न सकिदैन । ह्वीलचियर कसैको साहारामा लिनुुपर्छ ।’ कार्यक्रमस्थलमा पुगेपनि बसाई व्यवस्थित हुँदैन । शौचालय अपाङ्गतामैत्री हुँदैनन् । यस्ता अनेक समस्या भोग्नुपरेको अनुभव कार्कीसँग छ ।

यी त केही प्रतिनिधिमुलक घटना मात्र हुन् । अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक कार्यक्रमहरूमा सहभागि हुनै मुस्किल हुने गरेको छ । जसले गर्दा प्राय कार्यक्रमा बोलाइए पनि अस्वीकार गर्ने समेत गरेका छन् । अपाङ्गतामैत्री संरचनामा ध्यान नदिने र अपाङ्गता भएका व्यक्तिहरूको सवालमा संवेदनशिल नहुँदा समस्या भोग्नुु परेको उनीहरूको भनाइ छ । हरेक आयोजकले कार्यक्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई बोलाउँदा यस्ता विषयमा ध्यान दिनुुपर्ने कार्की बताउँछन् ।
मध्यपश्चिम अपाङ्गता शसक्तिकरण समाजका नन्दप्रसाद चौलागाई बैशाखीको साहारामा माथिल्लो तलामा आयोजना गरिएको कार्यक्रममा जान समस्या हुन्छ ।

अपाङ्गता भएकाहरूको अधिकारका लागि सक्रिय उनी प्राय कार्यक्रमहरूमा धाइरहन्छन् । तर कार्यक्रममा आयोजकले त्यही अनुसारको अनुकुलता नमिलाउँदा सास्ती भोग्नु परेको उनले बताए । ‘म आफैलाई पनि सिंढी चढेर जानुुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन भएको छैन ।’ राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिहरूलाई आयोजकले बोलाएपनि सहभागिताको लागि मात्र बोलाएको जस्तो हुुने गरेको बताए । आयोजकले कुुन अपाङ्गता भएको व्यक्ति कार्यक्रममा आउँदै छन् र हामीले कस्तो व्यवस्था गर्नुपर्छ भन्ने हेक्का नराख्ने गरेको उनको भनाइ छ । शर्माले मानवअधिकारको वकालत गर्ने संघ–संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको लागि संवेदनशिल भएर सोही अनुसार कार्यक्रममा व्यवस्था गरेपनि अन्य संघ–संस्थाले भने नगरेको
उल्लेख गरे ।

प्रकाशित मितिः   २६ माघ २०७६, आईतवार ०५:०२