जोखिम व्यवस्थापन तालिम

साझा बिसौनी संवाददाता
दैलेख, ८ भदौ ।
युवाहरूका लागि विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ । युवाहरूको क्षमता विकास गरी समुदायमा परिचालन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।
एईआई लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्वारा सञ्चालित महिला, युवा र बालअधिकार प्रवद्र्धन कार्यक्रम अन्तर्गत कार्यक्षेत्र बाँसी, वडाखोला, भैरीकालीकाथुम, बिन्ध्यावासिनी र दैलेख बजारमा रहेका युवा क्लबका सदस्यहरू गरी १७ जना तालिममा सहभागी थिए ।
तालिमलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम संयोजक दुर्गा गिरी र सुपरभाइजर कमला भण्डारीले सहजीकरण गरेका थिए । तालिम समापन समारोहमा बोल्दै सहभागी कृष्णकुमारी विकले तालिममा सिकेका विषयहरूलाई आ–आफ्नो युवा क्लबमा सिकाउने र व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे ।
समापन समारोह बोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले युवा क्लब तथा सञ्जाललाई समुदायको परिवर्तनको बहाक भएकोले सकारात्मक परिवर्तन गर्नको लागि युवाहरूलाई गाउँ विकासमा युवाहरू लाग्नुपर्ने बताए ।

प्रकाशित मितिः   ९ भाद्र २०७३, बिहीबार ०४:३८