ओझेलमा परेका सहिद

prayagraj
प्रयागराज शर्मा

नागरिक अधिकार बहालीको लागि नेपाली आमाका सपुतहरूले आफ्नो ज्यानको बाजी लगाए । राज्यलाई सुमुन्नत, अधिकारमुखी तथा सुशासनयुक्त बनाउनका लागि जहाँनिया राणा शासनका विरुद्ध उभिए । सामाजिक विभेदको विरुद्धमा ती सपुतहरूले जिउ ज्यानको मायाभन्दा राष्ट्र र जनताको लागि जीवन उत्सर्ग गरे । ती सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द, गंगालाल श्रेष्ठको शारीरिक तथा मानसिक यातना दिएर हत्या गरियो । राणा शासनको पतनपछि र पञ्चायति व्यवस्थाको उदयपछि पञ्चहरूको एकलगाठे निर्णयले विपन्न नागरिकमा परेको नकारात्मक प्रभावको विरुद्धमा नेपाली सपुत धेरैले ज्यानको आहुती दिए । राज्य र गैरराज्यबाट धेरै नेपालीले जिउ ज्यान गुमाए । राज्यबाट आस्थाका आधारमा जानीजानी नागरिक म¥यो । विद्रोही पक्षबाट सुराकी, राज्य सञ्चालकको हिमायति शासनको पालक, पूर्वाग्रहको नामबाट नागरिक मारिए । बालदेखि वृद्धसम्मको मृत्यु भयो । सामाजिक कुरिति, जातीय विभेद, रुढीवादी संस्कार विरुद्ध बोले वापत मानिसले ज्यान गुमाए । सवारी साधनको ठक्करबाट मृत्यु भएकाले पनि सहिदको माग गरे । क्षतिपूर्तिसहितको सहिदको माग गरेकाले राज्य पक्षबाट सहिद घोषणा भएका छन् ।
भूमिगत गिरोहबाट पार्टीले निर्वाचनमा उम्मेदवार बनाइएकाहरूको आफ्नै स्वास्थ्यका कारण मृत्यु हुँदा पनि र विपक्षको इगोको कारण गराइएका हत्याका कारण पनि मृत्यु भएकाहरू पनि सहिद घोषणा भएका छन् । आफ्ना क्षेत्र र भेगगत संस्कृति र भूगोलको पक्षमा लागेवापत नेपाली नागरिकहरूले साहादत कमाए र सहिदको पंंक्तिमा लामबद्ध छन् । अनाहकमा आफ्ना सन्नतिको छातिमा गोली वर्षाएर मारिएकाहरूलाई सहिद घोषणा गर्न माग गर्दै उनका आफन्तहरूले अनशन समेत गर्ने गरेका छन् । कर्तव्यको शिलशिलामा अनावश्यकमा हत्या गरिएका ती कर्तव्यपरायण राष्ट्रसेवक, निर्वाचनमा खटिदा कार्यालयको काममा कार्यालय भन्दा बाहिर जाँदा अज्ञात समूह वा व्यक्तिबाट वा यातायात दुर्घटनामा परी मृत्यु भएका नागरिकलाई सहिद घोषणा र सम्बन्धित आफन्तलाई क्षतिपूर्ति तथा बालबच्चालाई निःशुल्क शिक्षा दिक्षा उपलब्ध गराउन दिइने दबाबले मात्रै मृतकको आत्मा शान्ति हुन्छ होला । आत्मा शान्ति त लक्ष्य र उद्देश्य पूरा भएमात्र होला । तर लक्ष्य र उद्देश्य के हो ? प्रजातन्त्रबाट गणतन्त्रको मागसम्म विद्रोहीबाट हत्या गरिएका, कक्षा कोठामा पढाइरहेका शिक्षक, छोराको आत्मा शान्तिको लागि बुबाको अस्पतालको शैयामा, हकअधिकार प्राप्तिका लागि र आफ्ना सन्ततिको आग्रह र पूर्वाग्रहको आधारमा नागरिकले ज्यान गुमाएको अनि अन्सन बस्ताबस्तै मृत्यु भएका समेतलाई राज्यले सहिद मान्ला । आजभोलि मान्छे मर्छ, मारिन्छ क्षतिपूर्ति वापत पाँच लाखदेखि १० लाखसम्म राहत उपलब्ध गराउन थालिएको छ ।
निर्वाचनमा उम्मेदवार रहेका नागरिक समेत सहिदका पंक्तिमा छन् । आफ्नो कार्यक्षेत्रको कर्तव्य पालना गर्दागर्दै निहत्ता राष्ट्र सेवकहरूले अकालमा ज्यान गुमाए । गाडीले ठक्कर दिइ मृत्यु भएकालाई सहिद घोषणा र क्षतिपूर्ति दिनुपर्ने अनि बालबच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्दै सडक अवरुद्ध समेत गर्ने गरिएको छ । राज्यले सहमति अनुसार क्षतिपूर्ति दिलाउने गरेको र पीडितको समस्या शून्य र समाधान ढिलो चाँडो गरेको छ । सहिद गेटको निर्णय भएका सहिद स्मारक सहिद, सहिदपार्क, सहिदका नामबाट अस्पताल विद्यालय राजमार्ग, प्रदेशहरूका नामाकरण भएका छन् खासगरी नेपालमा चार सहिदले पु¥याएको अतुलनीय योगदान महान मानिन्छ ।
समय बित्दै जाँदा नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्थाले जनतामा समानता र समुन्नत समाज निर्माण गर्दछ । राजनीतिक परिवर्तनमा पेशाकर्मीले पनि ठूलो योगदान पु¥याएका छन् । १९८३ देखि ‘मकैको खेती’नामक पुस्तक प्रकाशन अवस्थादेखि नै देखापरे । दमन, कुसंस्कार तथा शोसक र शासकका विरुद्ध न्यायपूर्ण आवाज उठाउनु सचेत नागरिकको दायित्व हो । पेशाकर्मीले राम्रोसँग बुझ्दछन् लोकतन्त्रमा नागरिक सङ्गठित हुन्छन् र सङ्गठित सक्ति नै बल हो । दमनका विरुद्धमा लागेवापत थुप्रैका रोजीरोटी खोसिएका छन् । अपमानित भएर बस्नु परेको पनि सामाजिक रूपमा देखापरेकै छन् । २०३६ पछि नेपाली नागरिकहरूले पञ्चायति व्यवस्थाका विरुद्धमा जाने निधो गरेको पाइन्छ । दलहरू देशभित्र मात्र नभएर प्रभासमा पनि सङ्गठित भएर पञ्चायति व्यवस्थाको विरोधमा लागिरहे ।
सत्ता बचाउने र शासन चलाउने अभिप्रयले नेपाली पञ्चहरूले २०४६ साल वैशाख १५ गते दिपेन्द्र सभागृह पोखरामा पञ्चझेला गरे र बहुदलवादीहरूलाई दबाउन महŒवपूर्ण निर्णय गरे । बहुदलीय व्यवस्थामा लाग्नेलाई अन्तर्राष्ट्रिय तŒव भनी बहुदलीय व्यवस्थाका देशभरिका लिडरहरूको नाम सङ्कलन गरी दस्तावेज निर्माण भए । जिल्ला प्रशासन कार्यालय पोखरामा मिति २०४६ वैशाख १६ गते के–के भयो भनि बुझ्ने क्रममा यान्त्रिक कार्यालय पोखराकासवारी मेकानिकल भुपेन्द्र कार्की रतेजनारायण अधिकारी समेत जाँदा पोखरा राष्ट्र बैंकचौक नजिकमा दिलबहादुर कार्कीका ४ भाइमध्येका जेठा छोरा भुपेन्द्र कार्कीलाई ड्यूटीमा बसेका सुरक्षागार्डले गोली हान्यो र कार्की घाइते भए र अस्पताल लगियो । १७ गते नै उनको मृत्यु भयो । उनको घर पोखरा हो । पत्नी माया कार्कीको क्यान्सर भएर मृत्यु भयो । आमा गीता कार्कीको कोखबाट जन्मेका भुपेन्द्र कार्कीलाई नेपाल निजामती कर्मचारी सङ्गठनले सहिद मान्दछ । उनको नाम हरेक गतिविधिका राखिएको हुन्छ । फोटो सङ्गठनका कोठा कोठामा टाँसिएको होला, कार्यालय कार्यालयमा क्यालेण्डरमा राखिएको होला सङ्गठनले सहिद घोषणा गरे पनि राज्यले राष्ट्रिय सहिद घोषणा गर्न कञ्जुस्याईं गरिरहेको छ ।
आफ्ना पेशागत मागराखी २०४८ सालमा देशव्यापी रूपमा नेपाल निजामती कर्मचारी सङ्गठनले ५६ दिने आन्दोलन गर्ने क्रममा २०४८ साउन १५ गते सरकारले खोटाङमा जिल्ला हुलाक खोटाङका खरिदार राम कार्की र हल्कारा दुर्गा नेपाललाई गिरफ्तार ग¥यो । सोही क्रममा खोटाङ जिल्ला दिक्तेल–२ सल्लेरी बस्ने सोही जिल्लाका जिल्ला प्रशासन कार्यालयका नासु पिता नारायण जोसी र आमा अम्बिका दाहालका २०३० साल असोज २३ गते बुधवार जन्मेका तीन दाजुभाइ मध्यका कान्छा सुपुत्र २०४५ सालमा एसएलसी पास भएर एमालेको विद्यार्थी सङ्गठनका प्रा.यु.का. सदस्य कर्मचारी सङ्गठनले सञ्चालन गरेको सोलिडाइरी चइन हाते साङ्लो कार्यक्रममा एकबद्धता देखाउने क्रममा प्रशासनको गेटबाहिर सुरक्षाकर्मीको गोलीबाट मृत्यु भयो । मनोज जोशीको आन्दोलनको दिन २०४८ साउन १५ गते हत्या भयो । यिनै मनोज र भुपेन्द्रको सम्झनामा प्रतिवर्ष साउन १५ गते भुपेन्द्र मनोज स्मृति दिवस मनाइन्छ तर यिनी दुवै जनाले पेशागत आन्दोलनप्रति गरेको योगदान सङ्गठनको लागि त उच्च छ नै तर राज्यले हालसम्म अपमान गरेकै छ । विगत वर्षमा सहिदको योगदानको सम्मान स्वरूप रक्तदान, विचार गोष्ठी, कार्यपत्र प्रस्तुत योगदानको कदर स्वरूप पुरस्कार, हाजिरजवाफ, सामाजिक सेवा, फलफूल वितरण, लत्ताकपडा सहयोग, वृक्षरोपण, निःशुल्क औषधि उपचार, खेलकुद, विचार विमर्स सङ्गठनका समक्ष राखको विभिन्न माग बारे समीक्षा जस्ता कार्यक्रम गर्ने सङ्गठनको राष्ट्रसेवक सहकारीले दिने गरेका पुरस्कार वितरण जेहेन्दार विद्यार्थीलाई सहयोग ह्वील चियर वितरण जस्ता कार्यक्रम गरिने गरिन्थ्यो । यसपालीको सहिद दिवस राज्यले उपेक्षा गरे जस्तै सुर्खेत सङ्गठनले निर्णय पुस्तिकामा कार्यपत्र प्रस्तोता समेत तोकी जिम्मा दिएछ तर आधिकारिकको पहिलो र एकैले धेरै पद कुम्ल्याएकाले होला अविर आवरण गरी मनायो छ ।
२०४५ सालमा एसएलसी पास गरेका विद्यार्थी मनोज जोशीको नेपाल निजामती कर्मचारी सङ्गठनले सञ्चालन गरेको ५६ दिने आन्दोलन अन्तर्गत १५ साउनको सोलीडारी हातेसांग्लो कार्यक्रममा ऐक्यबद्धता जनाउन जिल्ला प्रशासनको गेटबाहिर प्रहरीको गोलीबाट मृत्यु भयो । खास नाम सर्वेन्द्र जोशी भएका ती विद्यार्थीको २०४८ साउन १५ गते १ बजे हत्या भएको दिनलाई सङ्गठनले देशभरी रचनात्मक कार्यक्रम गरी मनाउँछ । त्यसैदिन सुर्खेतमा पनि कार्यसमितिले कार्यपत्र सङ्गठनको इतिहास सहिदका सपना सङ्गठनका चुनौती विषयक विषयमा क्षेत्रीय सिँचाइका टीकाराम शर्मा र हरिहरपुर गाविसका सचिव केशर डाँगीले तयार गरेको कार्यपत्रमाथि डोरप्रसाद उपाध्याय, टेकबहादुर रावल, केशर डाँगी आफैले पनि टिप्पणी गरे । प्रस्तुतकर्ताले पेश गरेको कार्यपत्रमा फलोरबाट पनि टिप्पणी गर्न पाउनुपर्छ भन्दा बन्देज गरिएको थियो । उक्त कार्यपत्र सहिदद्वयको जीवनी मृत्युको कारण पु¥याएको योगदान भन्दा पनि सहिदको पर्व बनाएर केवल सङ्गठनभित्र हुने गरेका गुटबन्दी नेतृत्वले सदस्यहरूलाई गरिने गाली सदस्यहरूको गिरेको मनोबल उठाउन पहल गर्ने र सङ्गठनभित्र नेतृत्वपङ्तीको एकलगाठे निर्णय र देशको राजनीतिक अवस्थाबारे मात्र थियो । नेतृत्वका यस्ता गतिविधिले कसरी साकार होला सहिदका सपना ?

प्रकाशित मितिः   ९ भाद्र २०७३, बिहीबार ०४:३७