दुई वर्षमा २९ विधेयक पारित

स्थापना दिवसमा विविध कार्यक्रम

सुर्खेत : कर्णाली प्रदेशसभाले दुई वर्षमा २९ वटा विधेयक पारित गरेको छ । सरकारद्वारा दर्ता गरिएका ३७ वटा विधेयकमध्ये २९ वटा संसद्बाट पारित भएर पनि प्रमाणीकरण भइसकेका छन् । प्रदेशसभाको स्थापना दिवसको अवसरमा मंगलवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उक्त जानकारी दिइएको हो । प्रदेशसभा स्थापना भएको दुुई वर्ष पुुगेको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइएको छ । २०७४ माघ २१ गते पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो । सोही दिनलाई स्थापना दिवसको रूपमा मनाउन थालिएको हो । मंगलवार प्रदेशसभा सचिवालयले यसै अवसरमा शुुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेश प्रमुुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभालाई सफल नेतृत्व गरी ऐतिहासिक जिम्मेवारी पूरा गर्न शुुभकामना व्यक्त गरे ।

प्रमुख कलौनीले दुुई वर्षको अवधिमा प्रदेश सरकारले थुुप्रै ऐन पारित गर्नुका साथै प्रदेश र राजधानीको नाम टुुङ्गाएको भन्दै अनुुकरणीय र प्रशंसनीय काम गरेको बताए । उनले प्राकृतिक विविधताले भरीपूूर्ण कर्णाली प्रदेशलाई अघि बढाउने अभिभारा कर्णाली प्रदेशसभा र सरकारको काँधमा रहेको उनको तर्क थियो । साथै सबैले आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर लाग्न पनि आग्रह गरे । विधिको शासन स्थापनाका लागि कानुुन निर्माण महत्वपूूर्ण भएको पनि उनको भनाइ थियो । ‘समृद्ध नेपाल र सुुखी नेपाली’को सपना साकार पार्नका लागि कर्णालीवासीलाई सुुखारी बनाउनुुपर्ने प्रदेश प्रमुख कलौनीको धारणा छ । उनले विकास र समृद्धको सपना पूरा गर्न तीनवटै तहका सरकारबीच सहकार्य र निरन्तर समन्वय जारी राख्नुुपर्ने उल्लेख गर्दै संघ र प्रदेशबाट विनियोजित बजेटको अपेक्षित सफलता हासिल गर्न स्थानीय तहलाई स्वामित्व हुुने गरी अघि बढ्नुुपर्नेमा जोड दिए । पर्यटन प्रवद्र्धन, खनिज प्रदार्थको उत्खनन् गरी विकासका काम अघि बढाउन सरकार अझै गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव थियो ।

कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाले कानुुन निर्माणको कामलाई प्रभावकारी गराउनुुपर्नेमा जोड दिए । प्रदेशसभाले ऐन निर्माणमा प्रभावकारी भूमिका खेल्नुका साथसाथै सरकारका गतिविधिको निगरानी गर्नुपर्ने उनको भनाइ छ । संसद्को दायित्व कानुन निर्माण भएको उल्लेख गर्दै कानुुन निर्माणका क्रममा अध्ययन अनुुसन्धान गर्न कसरी राम्रो कानुुन बनाउन सकिन्छ भनेर लाग्न जरुरी रहेको उनको भनाइ थियो । शाहीले कर्णालीमा विकास नहुुनुुको कारण एकअर्कोले गर्ने प्रगतिमा डाहा गर्ने र सिध्याउन खोज्ने खराब प्रवृत्ति प्रमुुख कारण भएको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने धारणा समेत शाहीले राखे । यस्तै कर्णाली प्रदेशका सभामुुख राजबहादुर शाहीले प्रदेशसभाले जनताले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले प्रदेशसभाको दुुई वर्षको अवधिमा प्रदेश सरकार सञ्चालन तथा जनसरोकारका विषयसँग सम्बन्धित २९ वटा कानुुन निर्माण गरेको जानकारी दिए ।

प्रकाशित मितिः   २२ माघ २०७६, बुधबार १२:२२