दुुर्घटनामा एक जनाको मृत्युु

सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा जीप दुुर्घटना हुुँदा एक जनाको मृत्युु भएको छ । बराहताल गाउँपालिका–९ का दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको हो । मंगलवार बराहतालको थारीबाट वीरेन्द्रनगर बजार आउँदै गरेको कर्णाली प्रदेश ००२–००१ ज ००१५ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ को बेदखोलामा दुुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार गाडीमा १५ जना सवार रहेका थिए । १४ जना घाइते भएका छन् । प्रहरी कार्यालयका डीएसपी रवि रावलले गाडी सडकदेखि करिब १५ मिटर तल खसेको जानकारी दिए । घाइतेहरूको वीरेन्द्रनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित मितिः   २२ माघ २०७६, बुधबार ०९:५१