नमुना टोल बनाउन पहल

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको भगवती टोललाई सफा, स्वच्छ र नमुुना टोल बनाउन सुरु गरिएको छ । वडा कार्यालय र नागरिकको सक्रियतामा भगवती टोललाई सफा र स्वच्छ टोल बनाउन लागिएको हो । टोलमा सडकका छेउछाउमा गमला राख्न सुरु गरिएको छ । नगरपालिकाका प्रमुुख देवकुुमार सुवेदीले गमलामा वृक्षारोपण गरेर सफा र स्वच्छ टोल बनाउने अभियानको शुुभारम्भ गरेका हुन् । उनले नगरपालिकालाई ग्रिन सिटी बनाउन सहयोग पुुग्ने पनि बताए । कर्णाली प्रदेशमै पहिलो पटक टोल विकास संस्थाले नमुुना काम गर्न लागेको उनको भनाइ थियो ।

वडा कार्यालयले ५० प्रतिशत आर्थिक सहयोग गर्ने र ५० प्रतिशत घरधनी आफैले जुुटाउने गरी टोलमा गमला राखेर फूलहरू रोप्न थालिएको हो । वडा अध्यक्ष मोतिप्रसाद कँडेलले ६ नं. वडामा रहेका १६ वटै टोललाई सफा र स्वच्छ राख्ने अभियान स्वरूप भगवती टोलबाट सुरु गरिएको जानकारी दिए । वडा कार्यालयले यो कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरेको थियो । एउटै जातका फूलहरू गमलामा रोपिने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २२ माघ २०७६, बुधबार ०९:५०