खाना पकाउने ग्यासको मूल्य बढ्याे
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रूपैयाँ बढाइएको जानकारी दिएको छ । योसँगै ग्यासको मूल्य अब प्रति सिलिन्डर एक हजार तीन सय ७५ रूपैयाँ भएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रूपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । योसँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर एक सय १० रूपैयाँ भएको छ । यो मूल्य सोमवार राती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्य समायोजन गरेपश्चात् नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य १६ रूपैयाँ ४० पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १६ रूपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ ।
प्रकाशित मितिः २१ माघ २०७६, मंगलवार ०५:०७
साझा बिसौनी ।