पढाइमा सधैं प्रथम हुने विमल

                                   विमल नेपाली

वीरेन्द्रनगर–६ निवासी विमल नेपाली मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक हुुन् । वि.सं. २०२६ असार ३ गते बुुवा देव नेपाली र आमा लक्ष्मी नेपालीको सन्तानका रूपमा दैलेखको नारायण नगरपालिकामा उनी जन्मिए । नेपाली विगत ३१ वर्षदेखि शिक्षण पेसामा संलग्न छन् । विश्वविद्यालयमा अंग्रेजी शिक्षण समितिको विभागीय प्रमुुख समेत रहेका नेपालीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटे:

दैलेखको नारायण नगरपालिकामा जन्मिएँ । बाल्यकाल भने सुुर्खेतको वीरेन्द्रनगरमा बित्यो । म चार वर्षको हुुँदा हाम्रो परिवार नै दैलेखबाट बसाइँ सरेर सुुर्खेत आएको हो । एउटा समान्य परिवारमा जन्मिएँ । बुुवा–आमाले दैनिक मजदुरी नगरेसम्म साँझ–बिहानको छाक टार्न निक्कै गाह्रो हुुन्थ्यो । पूर्खाले गर्दै आएको पेसा बुुवाले कपडा सिलाउने काम गर्नुहुुन्थ्यो । तर खान–लाउन भने मुस्किल नै पथ्र्यो ।

म सात वर्षको हुुँदा आमा बित्नुुभयो । हामी तीन दाजुुभाइ । म कान्छो छोरा हुुँ । सानै उमेरमा आमाको ममता गुुमाएँ । त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारण थप दुुःख र संघर्ष गर्नुप¥यो । मिठो खान र राम्रो लगाउन चाडपर्व नै कुुर्नुपर्ने हुुन्थ्यो । त्यसबेलामा दलित, विपन्न परिवारलाई माथि उठाउनुुपर्छ भनेर कसैले पनि सोच्दै सोच्दैनथे । अहिलेको जस्तो त्यसबेलाको पञ्चायती शासनका बेलामा कहाँ सजिलो थियो र ? बुुवा–आमा, दाइहरू कसैले पनि पढ्नुु भएकै थिएन । तर मलाई पढ्नुपर्छ भन्ने भावना थियो ।

मलाई पढ्नुुपर्छ भन्ने लागे पनि मेरो परिवारको आर्थिक अवस्थाले पढाउन सक्ने आँट गर्न सक्दैन्थ्यो । तर पनि म पढ्न चाहन्थें । कक्षा एकमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर डाँडास्कुुलमा भर्ना भएर औपचारिक शिक्षा सुरु गरें । मैले जसरी पनि पढ्नुुपर्छ भन्ने लाग्थ्यो । पढाइप्रति संवेदनशील थिएँ । लगनशील थिएँ । मेहेनत धेरै नै गरें । साँझ–बिहान घरको कामलाई छोडेर भए पनि मैले पढें । कहिलेकाहीँ भोकै विद्यालय जानुुपथ्र्यो । विद्यालयबाट फर्किएर साँझ घर आउँदा बासी भात हुुन्थ्यो । सिलौटामा सुुकेको अचार हुुन्थ्यो । त्यसैसँग भात खाएको अहिले पनि सम्झना ताजा नै छ । दिउँसो कमाइ भएन भने भोकै पनि बस्नुुपर्ने बाध्यता हुुन्थ्यो ।
पढाइमा म विद्यालय प्रथम थिएँ । कक्षा एकदेखि १० सम्म लगातर प्रथमनै भएँ । पढाइनै मेरो पहिलो प्राथमिकता थियो । भोलि पढ्ने विषयको बारेमा अघिल्लो दिन नै अध्ययन गर्थें, अनि नजानेको कुरा शिक्षकले पढाउँदा सोधीहाल्थें । पढाइमा राम्रो गर्नुपर्छ भन्ने थियो । पढाइमा राम्रो भएकाले पनि सबैको प्यारो थिएँ । विद्यालयमा मात्र होइन जिल्लाभरी नै एकदमै जान्ने विद्यार्थी विमल हो भनेर चिन्थे ।

मैले राती सुत्ने बेलामा जहिले पनि डायरी लेख्थें । आज के–के पढें भनेर सबै कुरा डायरीमा लेख्ने गर्थें अनि मलाई पढेको कुरा सधैं याद हुुन्थ्यो । त्यो डायरी अझै पनि मसँग साथमै छ । कक्षामा मैले नै साथीहरूको नेतृत्व गर्थेँ । मनिटरको जिम्मेवारी मलाई नै हुुन्थ्यो । आफ्नो भन्दा तल्लो कक्षाका साथीहरूलाई शिक्षक नभएको बेलासमेत पढाउने जिम्मेवारी मैले पाउँथे । २०४३ सालमा एसएलसीमा जन माध्यमिक विद्यालयबाट हामी तीन जना विद्यार्थी प्रथम डिभिजनमा पास भएका थियौं । त्यसबेलामा धेरै खुुशी लागेको थियो ।

मलाई पढाइबाहेक अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि रुचि थियो । गीत गाउन, कविता लेख्न र वाचन गर्न, हाजिरीजवाफ प्रतियोगिता, दौड, भलिबल, फुुटबल सबैमा म अब्बल नै थिएँ । डण्डिबियो, कपर्दी, लुकामारी पनि खेल्ने गरिन्थ्यो । विद्यालयमा हुुने प्रायः कार्यक्रममा मेरो सहभागिता हुुन्थ्यो । केही न केही भएर पुरस्कार पाइहाल्थें । जिल्लास्तरीय कार्यक्रममा सहभागी भएँ भने पनि म रित्तो हात फर्कदैन्थें । कक्षा तीनसम्म डाँडा स्कुुलमा पढें पनि चारदेखि १० सम्म मैले जन माविमा पढेको हुँ । म बाल्यकालमा सोझो अनि सरल स्वभावको थिएँ । कोहीसँग झगडा परेन । हामीलाई पहिले पढाइको कोर्षमै नैतिक शिक्षा पढाइन्थ्यो । गुरु भनेपछि हामीले धेरै नै आदर गथ्र्यौं ।

बाल्यकालमा सबैभन्दा बढी दुुःख लागेको एउटा क्षण छ । काठमाडौंको बुढानिलकण्ठ स्कुलमा पढ्नका लागि हाम्रो विद्यालयमा विद्यार्थी छनौट परीक्षा भएको थियो । उमेरले सानै भए पनि मेरो शारीरिक उचाई अग्लो भएकोले मलाई परीक्षा दिनबाट वञ्चित गरियो । घरको आर्थिक अवस्था कमजोर भएकाले त्यसबेलामा काठमाण्डौं गएर पढ्न पाउनुु भाग्यकै कुरा थियो । तर पाइएन् । त्यसदिन म दिनभरी रोएर बसेँ । पछि मैले कक्षा तीनमा पढ्दा एकजना विदेशीको सहयोग पाएँ । त्यसबेला म डाँडा स्कूलमा पढ्दै थिएँ । नेपाल बाल संगठनबाट गरिब, विपन्न, दलित, जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग गर्ने भएकाले विद्यालयलाई सिफारिस गर्न सूचना आएको रहेछ । त्यसबाट छात्रवृत्ति पाउनका लागि परीक्षा दिएर पास हुुनुपर्ने थियो । एक दिन म गुुच्छा खेल्दै थिएँ । खडानन्द सरले मलाई खोज्दै आउनुुभयो । अनि परीक्षा दिन लगाउनुुभयो । म परीक्षामा पास भएँ । त्यसपछि मलाई पढाइ खर्च भनेर चौमासिकको अन्तरमा तीन सय रूपैयाँ एक जना बेलायती नागरिक हेलन पाल्मरले पठाउन सुरु गर्नुभयो । मैले उहाँबाट आईए पढ्ने बेलासम्म सहयोग पाएँ ।

बाल्यकालमा बद्मासी भने कहिल्यै गरिनँ । सबैले पढाइमा राम्रो छ भने प्रशंसा गर्थे । विद्यालयमा हरेक जिम्मेवारी मलाई नै हुुन्थ्यो । त्यसैले पनि मैले गलत गर्नुहुुँदैन भन्ने लाग्थ्यो । म नमुुनाको रूपमा थिएँ, सबैको लागि । यसले केही गर्छ भन्ने सबैमा आशा थियो । बाल्यकालमा डाक्टर बन्ने सपना थियो । तर मेरो घरको आर्थिक अवस्थाले त्यो सपना पूरा गर्न सजिलो थिएन ।

सीएमए पढेर डाक्टर भन्ने लक्ष्यका साथ मैले सुुर्खेतमै सीएमए पढँे । त्यस बेलामा सीएमए पढेपछि सिधै डाक्टर पढ्न पाइने व्यवस्था थियो । तर मैले सीएमए पास गरेकै वर्ष त्यो व्यवस्था हट्यो । सीएमए पास गरेर स्वास्थ्यचौकीमा काम समेत सुरु गरेको एक वर्ष भएको थियो । सीएमए पढ्दै गर्दा यता मैले कलेजमा अंग्रेजी र गणित विषय लिएर बिहानको समयमा पढ्थें । डाक्टर बन्ने सपना पूरा नहुुने देखेपछि मैले कलेजको पढाइलाई निरन्तरता दिएँ । डाक्टर बन्ने सपनालाई छोडेर शिक्षण पेसामा आएँ ।

पढाइ सकिएपछि हामी केही साथीहरू मिलेर वीरेन्द्रनगरमा बोर्डिङ्ग स्कुुल स्थापना ग¥यौं । होराइजन एकेडेमीको संस्थापक प्राचार्य भएर शिक्षण पेसा सुरु गरें । त्यसपछि आफैले पढेको विद्यालय जनमाविमा पढाएँ । अहिले म मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अंग्रेजी विषयको उप–प्राध्यापकको रूपमा छु । साथै विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यमा पनि आवद्ध छुु ।

प्रकाशित मितिः   २० माघ २०७६, सोमबार १०:४०