दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत : सवारी दुर्घटनामा परी बिहीवार एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको पिपिराचोक नजिक ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्रयाक्टरलाई सोही दिशाबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्रयाक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो । सह–चालक भने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्रयाक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो । ट्रयाक्टर डिजेल भर्नको लागि मोडिने क्रममा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।

प्रकाशित मितिः   १८ माघ २०७६, शनिबार ०५:०४