विद्यार्थीलाई मानवअधिकार अनुशिक्षण

सुर्खेत : वीरेन्द्रनगर–६ स्थित जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मानवअधिकारको सिद्धान्त र मानवअधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताः मानवअधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत शुक्रवार उनीहरूलाई अनुशिक्षण दिइएको हो ।

मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका पूर्व डीन तथा नागरिक सरोकार केन्द्रका अध्यक्ष पीताम्बर ढकालले मानवअधिकारको सिद्धान्त र मानवअधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानवअधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजिक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।

युवाहरूलाई मानवअधिकार शिक्षाको बारेमा सचेतीकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानवअधिकारमैत्री संस्कारको विकास गरी उनीहरूलाई मानवअधिकार संरक्षण सम्वद्र्धनमा समर्पित गराउने उद्देश्यले
कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैबीच मानवअधिकारको सिद्धान्त तथा मानवअधिकारमैत्री व्यवहारलाई सुदृढीकरण गरी विद्यालयमा मानवअधिकार संस्कृतिको विकास गर्न रूपा बोगटीको संयोजकत्वमा ११ सदस्यीय युवा मानवअधिकार समूह गठन पनि गरिएको छ । समूहको सदस्यहरूमा जमुना विक, विष्णु श्रीषमगर, मेनुका बडुवाल, अर्चना भट्टराई, विनिता थापा, दुर्गा बिसी, हिमाल घर्ती, भिमप्रसाद चौलागाई, दिपेन्द्र बुढा र विक्रम खत्री रहेका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले कार्यक्रमको शुभारम्भ गर्दै वर्तमान अवस्थामा मानवअधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि युवाहरूलाई परिचालन गर्न अपरिहार्य रहेको धारणा राखेका थिए ।

प्रकाशित मितिः   १८ माघ २०७६, शनिबार ०५:०१