फोहोर व्यवस्थापनका लागि तालिम
सुर्खेत : टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सहरी फोहोर व्यवस्थापन सम्बन्धी दुई दिने तालिम दिइएको छ । अक्सफाम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वातावरण सुधार समाजले तालिम दिएको हो ।
कुहिने फोहोरलाई मल बनाउने र त्यसलाई करेसाबारीमा प्रयोग गरेर आम्दानी लिन सकिने उपायका बारेमा सीप प्रवद्र्धन तालिम दिइएको जनाइएको छ । बढ्दो सहरीकरणसँगै फोहोर उत्पादन बढ्दै गएकाले त्यसलाई व्यवस्थापन गर्नका लागि तालिम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले फोहोर व्यवस्थापनमा सबैको हातेमालो आवश्यक रहेको बताए । वीरेन्द्रनगर–६ का अध्यक्ष मोतिप्रसाद कँडेल, अक्सफाम नेपालका प्रतिनिधि बन्दना शर्मा लगायतको सहभागिता रहेको तालिमको सहजीकरण प्रशिक्षक शेषनारायण महर्जनले गरेका थिए । वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित सहरी फोहोर व्यवस्थापन कार्यक्रम अन्तर्गत रहेर तालिम आयोजना गरिएको वातावरण सुधार समाजका संयोजक जगतकुमार केसीले जानकारी दिए ।
प्रकाशित मितिः १८ माघ २०७६, शनिबार ०५:००
साझा बिसौनी ।