रैथाने बालीको खोजी र संरक्षण गरिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका रैथाने बालीहरूको प्रोफाइल बनाउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रैथाने बालीहरूको प्रोफाइल बनाउन थालेको हो । कर्णाली प्रदेशमा रैथाने बाली लोप हुुँदै गएपछि मन्त्रालयले संरक्षण गर्र्नुुका साथै प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ रहेका त्यस्ता रैथाने बालीहरूको प्रोफाइल तयार गर्न लागेको मन्त्रालयले जनाएको छ । रैथाने बालीहरू के–के छन्, कतिसम्म उत्पादन हुन्छ र यसको प्रयोग कसरी हुुन्छ भन्ने विषयहरू प्रोफाइलमा समावेश गरिनेछ ।

मन्त्रालय अन्तर्गतको योजना महाशाखाका वरिष्ठ कृषि तथा अर्थ विज्ञ हरिप्रसाद पण्डितले रैथाने बालीको प्रोफाइल तयारका लागि १० वटै जिल्लामा रहेका कृषि विकास कार्यालयहहरूमार्फत काम गरिने जानकारी दिए । रैथाने बाली जोगाउन यस्तो काम गर्न लागिएको उनको भनाइ थियो । पछिल्लो समय स्थानीय जातका रैथाने बालीको उत्पादन घट्दै गएको छ । स्थानीय उत्पादन छोडेर बाहिरबाट आयात हुने सामग्रीको प्रयोग बढ्दै गएको छ । ‘कोदो, फाफर, मार्सी चामल, सिमीलगायत यहाँका चर्चित रैथाने बाली हुने तर अरु पनि हुन सक्दछन्’ पण्डितले भने, ‘धेरैले रैथाने बाली लगाउन पनि छोडिसकेका छन् । खाद्य र पोषणको हिसाबले पनि रैथाने बाली महŒवपूूर्ण छन् । त्यसैले हामीले प्रोफाइल बनाउन लागेका हौं ।’

मन्त्रालयले प्रोफाइल तयार गर्न प्रत्येक जिल्लाका लागि करिब तीन÷तीन लाख बजेट विनियोजन गरेको छ । कृषि तथा अर्थ विज्ञ पण्डितले अहिलेसम्म कर्णालीमा कति रैथाने बाली उत्पादन हुुन्छ भनेर एकिन तथ्याङ्क समेत नभएको बताए । कृषि विकास कार्यालयहरूले स्थानीय तह अनुसार रैथाने बालीको तथ्याङ्क संकलन गर्नेछन् । मन्त्रालयले प्राङ्गारिक मिसन कार्यक्रमसँगै प्रोफाइलको कामलाई अघि बढाइने जनाएको छ । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने अभियानमा लागेकाले पनि मन्त्रालयले यो कामलाई प्राथमिकता दिएको बताइएको छ ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:०८