चट्याङ लागेर एक जनाको मृत्यु

दैलेख : दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महावु गाउँपालिका–६ लामीडाँडामा बुधवार राती चट्याङ लागरे एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएकी ३३ वर्षीया निर्मला कामीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएकी कामीलाई उपचारका लागि अस्पताल ल्याउँदा–ल्याउँदै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नैनबहादुर सावदले बताए ।

उनले चट्याङ लागेर घाइते भएका महावु गाउँपालिका–६ का ३० वर्षीया मनिसा विक, २९ वर्षीया झुपा विक २७ वर्षीया कोपिला विक २१ वर्षीय नवराज कार्की घाइते भएका हुन् । घाइतेहरू सामान्य उपचारपछि घर फर्काइएको छ ।