पशुपालनबाट मनग्य आम्दानी

मुना हमाल
सुुर्खेत : लेकवेशी नगरपालिका वडा नं. ९ की कमला रेग्मीले एक वर्षअघिसम्म एउटा भैसी मात्र पालेकी थिइन् । भैसीको दुध घरमै प्रयोग हुन्थ्यो । बचेको केही दही र त्यसबाट बनाइएको घ्यू भने कहिलेकाहीँ वीरेन्द्रनगर बजारसम्म लगेर बेच्ने गर्थिन् । जति मेहेनत गरे पनि खेतीले वर्षभरी खान पुग्दैनथ्यो । घरपरिवार पाल्न उनका श्रीमान् कलापहाड नगई सुख नै थिएन । रोजगारीको खोजीमा वर्षेनी उनी भारतका विभिन्न ठाउँ पुग्थे । यति गर्दा पनि खान–लाउन मुस्किलै पथ्र्यो । तर अहिले रेग्मीको परिवारको जीवनशैली फेरिएको छ । जबदेखि उनीहरूले व्यावसायिक रूपमा भैसीपालन गर्न थाले तबदेखि रेग्मी परिवारले सन्तुष्टीको स्वास फेर्न पाएको छ । पहिले एउटा मात्र भैसी पालेको उनीहरूले अहिले पाँच वटा पु¥याएका छन् ।

व्यावसायिक रूपमा भैसापालन सुरु गरेका छन् । अहिले दैनिक ३२ लिटर दुध बिक्री गर्ने गरेको कमलाले बताइन् । रेग्मी परिवारको हातमा अहिले दुुध बिक्री गरेर मासिक झण्डै ४८ हजार पर्छ । आम्दानीको मुख्य स्रोत नै यही बनेको छ । सोही ठाउँका लक्ष्मी ढकालको परिवारले पनि पशुुुपालनबाट राम्रो आम्दानी गरिरहेको छ । ढकालले पाँच वटा उन्नत जातका गाई पालेका छन् । अहिले उनले दैनिक ३८ लिटर दुध बिक्री गर्दै आएका छन् ।

– गाउँमा पछिल्लो समय गाई तथा भैसीपालनतर्फ आकर्षण बढ्दै गएको छ । घरमै आफूलाई दुुध खानका लागि एउटा मात्र गाई वा भैसी पाल्ले कृषकहरु अहिले व्यावसायिक रुपमा पशुुपालनमा लागेका छन् ।
– गाउँमै कृषकहरु मिलेर जनअपेक्षा कृषि सहकारी संस्था स्थापना गरेका छन् । सोही सहकारीबाट एक वर्षअघि लेकवेशी नगरपालिकाको वडा नं. ८ र ९ मा ६ वटा संकलन केन्द्रमार्फत दुध संकलन गर्न सुरु गरिएको थियो । सबै कृषक उक्त सहकारीको शेयर सदस्य बनेका छन् ।
– सात÷आठ जनाबाट एक वर्षअघि ८० लिटर दुुध संकलन गर्न सुरु गरेको सहकारीले अहिले कृषकहरुबाट दैनिक साढे चार सयको हाराहारीमा दुध संकलन गर्ने गरेको छ । सहकारीमा दुई सय ३० कृषक आवद्ध छन् ।

 

वैदेशिक रोजगारीबाट फर्किएर ढकालले गाईपालन सुरु गरेका हुन् । रोजगारीका लागि साउदी अरब पुगेका उनी विदेशमा सोचे अनुसार नभएपछि आफ्नै ठाउँमा फर्किएर गाईपालन गर्न थालेका हुन् । अहिले उनलाई आफ्नै व्यवसाय गर्न भ्याई–नभ्याई छ । विदेशको कमाईभन्दा अहिले घरमै बसेर गरेको स्वदेशी कमाईले सन्तुष्टी दिएको छ । ‘खेती गरे पनि वर्षभरी खान पुुग्दैन्थ्यो । त्यस बेलामा केही उपाय नभएपछि विदेश गएँ’ उनले भने, ‘अर्काको ठाउँमा झन् समस्या हुुने रहेछ । त्यसपछि म घर फर्किएर सुरुमा एउटा गाई किनेर गाई पाल्न सुरु गरँे ।’

सुरुवातमा उनले दैनिक ५÷७ लिटर दुध बिक्री गर्थे । व्यावसायिक रूपमा गाई पाल्न थालेपछि अहिले दैनिक सरदर ३० लिटरसम्म दुुध बिक्री गर्दै आएका छन् । उनलाई विदेशको कमाई भन्दा अहिले घरमै बसेर गरेको स्वदेशी कमाईले सन्तुुष्टी दिएको छ । घरमै परिवारसँग बसेर कमाई गर्न पाउँदा खुशी लागेको बताउँछन् उनी । चौरासेका देव थापाले संकलन केन्द्र गाउँमै भएपछि आफूहरूलाई धेरै सहज भएको बताए । अहिले दुुई वटा भैसी पालिरहेका उनले अब पाँच वटासम्म भैसी पाल्ने योजना बनाएको जनाए । दुुध बिक्री गरेर मासिक १९ हजार कमाई गरेको समेत थापाले जानकारी दिए । ‘पहिले दुुध संकलन गरी घ्यू बनाएर बजार लिएर बेच्ने गथ्र्यौं । टाढा जान समस्या थियो । खेती गरेर मात्र छ जनाको परिवार पाल्न मुस्किल पथ्र्यो अहिले सहज भएको छ’ उनले भने ।

गाउँमा पछिल्लो समय गाई तथा भैसीपालनतर्फ आकर्षण बढ्दै गएको छ । घरमै आफूलाई दुुध खानका लागि एउटा मात्र गाई वा भैसी पाल्ले कृषकहरू अहिले व्यावसायिक रूपमा पशुुपालनमा लागेका छन् । चौरासेका पूर्णाकुमारी ढकालले अहिले तीन वटा गाईभैसी पालेको बताइन् । दुध बिक्री गरेर मासिक २० हजार आम्दानी गरिरहेको उनको
भनाइ छ ।
गाउँमै कृषकहरू मिलेर जनअपेक्षा कृषि सहकारी संस्था स्थापना गरेका थिए । सोही सहकारीबाट एक वर्षअघि लेकवेशी नगरपालिकाको वडा नं. ८ र ९ मा ६ वटा संकलन केन्द्रमार्फत दुध संकलन गर्न सुरु गरिएको थियो । सबै कृषक उक्त सहकारीको शेयर सदस्य बनेका छन् । संकलन केन्द्र स्थापना भएपछि दुध बिक्री गर्न सहज भएको उनीहरूको भनाइ छ । सात÷आठ जनाले एक वर्षअघि ८० लिटर दुुध संकलन गर्न सुरु गरेको सहकारीले अहिले कृषकहरूबाट दैनिक साढे चार सयको हाराहारीमा दुध संकलन गर्ने गरेको छ । सहकारीमा दुई सय ३० कृषक आवद्ध छन् ।

सहकारीका अध्यक्ष नरेन्द्रबहादुर खत्रीका अनुसार अघिल्लो आर्थिक वर्षमा संकलन केन्द्रबाट ९५ हजार ७ सय ५२ लिटर दुुध बिक्री वितरण गरिएको थियो । कृषकहरूले ४६ लाख ८७ हजार ६ सय आम्दानी गर्न सफल भएका थिए । अध्यक्ष खत्रीले अहिले भैसी र गाईपालनतर्फ कृषकहरू आकर्षित हुँदै गएको बताए । उनले भने, ‘अहिले एउटा भैसी पाल्ने कृषकले पाँच वटासम्म पाल्नुुभएको छ । गाईभैसी नपाल्ने कृषकहरूले पाल्न सुरु गर्नुभएको छ । हामीले सहकारीबाट ८० हजार रूपैयाँ एक जना कृषकहरूलाई ऋण लगानी गरेका छौं ।’

Loading...