साझा घरलाई सहयोग
सुर्खेत : सुर्खेत महिला जेसीजले वीरेन्द्रनगर–९ लाटीकोइली, सुर्खेतमा रहेको साझा घर नेपाललाई खाद्य सामग्री सहयोग गरेको छ । सहिद दिवसको अवसर पारेर बिहीवार खाद्यान्न सहयोग गर्नुका साथै त्यहाँ रहेकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
साझा घरमा आश्रितहरूको निःशुल्क स्वास्थ्य परीक्षण र खाद्य सामग्री हस्तान्तरण गरिएको जेसीजका अध्यक्षका प्रमी शाक्यले जानकारी दिइन् । कार्यक्रममा डा. अर्चना कार्की र स्वास्थ्यकर्मी भगवती जिसीले साझा घरमा रहेका आश्रितहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।
प्रकाशित मितिः १७ माघ २०७६, शुक्रबार ०५:०४
साझा बिसौनी ।