जनप्रियको वार्षिकोत्सव

सुर्खेत : जनप्रिय(जेपी) स्कुलले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । बिहीवार वीरेन्द्रनगरमा वार्षिकोत्सव, खेलकुद दिवसका साथै अभिभावक भेला सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी अतिथिहरूले निजी विद्यालयको भूमिका र योगदानको चर्चा गर्दै जेपी स्कुललाई सफलताको शुभकामना व्यक्त गरेको थिए । सोही अवसरमा प्रिन्सिपल यामराज गिरीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता र पुरस्कार वितरण पनि गरिएको थियो । अभिभावकहरू निर्मला शाही र पूर्ण खड्कालाई सम्मान गर्नुका साथै
एसईईमा उत्कृष्ट नतिजा ल्याउने १२ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष महेन्द्रप्रसाद शर्माको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार सागर भुषाल, केन्द्रीय उपाध्यक्ष बालदीप कँडेल, जिल्ला अध्यक्ष वेदप्रकाश ढकाल लगायतको सहभागिता
रहेको थियो ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:०३