पुस्तकालयलाई पुस्तक सहयोग

सुर्खेत : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सुर्खेतले हिमाली पुस्तकालयलाई सहयोग गरेको छ । राष्ट्रिय पुस्तक दिवस–२०७६ को अवसर पारेर महासंघले पुस्तकालयलाई बिहीवार एक सय २० थान पुस्तक हस्तान्तरण गरेको हो ।

महासंघ जिल्ला शाखा अध्यक्ष सागर भुषाल, प्रदेश सचिव शेरबहादुर खड्का, केन्द्रीय सह–कोषाध्यक्ष कमल नेपाललगायत पुस्तक व्यवसायीहरूको सहभागितामा पुस्तक हस्तान्तरण गरिएको हो । हिमाली पुस्तकालयका अध्यक्ष तुलाराम तिवारीले महासंघलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा पुस्तकालय अझ समृद्ध बन्ने धारणा राखेका थिए ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:०१