सचिवालय र वडा पदाधिकारीको टुङ्गो

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को वीरेन्द्रनगर नगर कमिटीले दुई पार्टीबीचको एकीकरणलाई टुंग्याएको छ । बुधवार बसेको नगर कमिटीको दोस्रो पूर्ण बैठकले पाँच सदस्यीय कार्यालय टिम र सचिवालय समिति गठन गर्नुका साथै सबै वडाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सेना, सचिव गणेशबहादुर वली, सदस्यहरू निलकण्ठ खनाल, टोपबहादुर बस्नेत र चक्रबहादुर रावत रहेको पाँच सदस्यीय कार्यालय टिम गठन गरिएको छ । यस्तै २७ सदस्यीय सचिवालय सदस्यहरू पनि चयन गरिएको छ ।

बैठकले नगरपालिकाका १६ वटै वडाका अध्यक्ष र सचिवको पनि टुङ्गो लगाएको छ । वडा नं. १ को अध्यक्षमा टीका अधिकारी र सचिवमा जनक खड्का, २ को अध्यक्षमा धर्मराज रोकाय र सचिवमा हिरालाल सुनार, ३ को अध्यक्षमा सूर्य थापा र सचिवमा ओम भारती, ४ को अध्यक्षमा बागमती गुरुङ र सचिवमा दीपे सार्की, ५ को अध्यक्षमा गणेशबहादुर शाही र सचिवमा लोकबहादुर शाही, ६ को अध्यक्षमा खडानन्द कँडेल र सचिवमा प्रेम रावत, ७ को अध्यक्षमा टोपबहादुर बस्नेत र सचिवमा मञ्जु राना चयन भएका छन् । यसैगरी अध्यक्ष र सचिवमा क्रमशः वडा नं. ८ मा देवी पौडेल र खडानन्द दर्लामी, ९ मा पर्शबहादुर शाही र भीम गुरुङ, १० मा चन्द्र पुरी र निरक कँडेल, ११ मा कृष्ण तिवारी र गणेश परियार, १२ मा शेरबहादुर सिंह र मधुरानी ढकाल, १३ मा दिनेश चपाईं र मदन आचार्य, १४ मा धिरेन रामजाली र टंकप्रसाद उपाध्याय, १५ मा श्यामलाल आचार्य र हरि चपाईं तथा १६ मा भुपेन्द्र ज्ञवाली र बालाराम सापकोटा चयन भएका छन् ।