कोरिया–कर्णाली सम्पर्क मञ्च गठन


सुर्खेत : वैदेशिक रोजगारीको शिलशिलामा कर्णाली प्रदेशबाट दक्षिण कोरियामा रहेका नेपालीहरू संगठित भएका छन् । कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर कर्णाली प्रदेशबाट रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरूको पहिलो पटक यति ठूलो संगठन तयार भएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया गठन गरिएको छ । पदमबहादुर बस्नेत (प्रकाश) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा केपी कुसारी उपाध्याय तथा उपाध्यक्षमा धर्म तिहारी र प्रदिप खत्री चयन भएका छन् ।

महासचिवमा भक्तराज योगी, कोषाध्यक्षमा कमल केसी र सचिवमा भीम रोकाय छन् भने सदस्यहरूमा गणेश कोइराला, सञ्जय वली, डलुु भण्डारी, हरिश चन्द, भेषबहादुर थापा र तिलक हमाल रहेका छन् । भेला संयोजक लक्ष्मीनारायण बस्नेतको अध्यक्षता र एनसीसीका उपाध्यक्ष तुलस गुरुङको प्रमुुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सम्पर्क मञ्चले विशेष गरेर कोरियामा भएका कर्णालीवासीको समस्या समाधानका लागि काम गर्नेछ । साथै सम्पूूर्ण नेपालीहरूको हक र हितका लागि अन्य सामाजिक संघ–संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने जनाइएको छ । अध्यक्ष बस्नेतले भने ‘मातृभूूमिको झझल्को मेटाउन र यहाँ केही नेपाली साथीहरूलाई समस्या परे सहयोग गर्न भनेर संगठित भएका हौं । साथै हामीले विविध सामाजिक तथा सांस्कृतिक कार्यक्रममा जोड दिने लक्ष्य पनि लिएका छौं ।’

प्रकाशित मितिः   १४ माघ २०७६, मंगलवार ०५:०३