सभामुख सापकोटा नेकपाबाट अलग
काठमाडौं : सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । सापकोटाले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरूपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।
‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु’, सभामुखद्वारा सोमवार जारी विज्ञप्तीमा भनिएको छ, ‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।’ नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतवार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । उनले सोमवार नै पद तथा गोपनियताको सपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए ।
प्रकाशित मितिः १४ माघ २०७६, मंगलवार ०५:०१
साझा बिसौनी ।