माटोमा पुरिएर दुई जनाको मृत्यु
जुम्ला : माटोले पुरिएर जुम्लामा दुई जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी बुहारी २४ वर्षीया स्यानुमाया सुनारको मृत्यु भएको हो ।
घर पोत्ने माटो लिन गएका बेला उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले जानकारी दिए । ‘घर लिप्ने रातो माटो ल्याउनको लागि मालाभिडको दुनी खोला भन्ने ठाउँमा माटोको खानीमा पुरिएका हुन्’ उनले भने । खन्दै गरेको माटो भासिएपछि उनीहरू पुरिएका हुन् ।
त्यस्तै, सोही ठाउँमा माटो ल्याउनका लागि गएकी गुठीचौरु गाउँपालिका–५ की नविना ऐडी र चन्दननाथ नगरपालिका–४ का पञ्चकन्या सुनार पनि घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
साझा बिसौनी ।