हिउँदे अधिवेशन माघ २४ गतेदेखि

सुर्खेत : कर्णाली प्रदेशको हिउँदे अधिवेशन यही माघ २४ गतेदेखि सुरु हुने भएको छ । वर्षे अधिवेशन सकिएको झण्डै चार महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २४ गते हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । गएको असोज १० गते कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन सकिएको थियो । तर सरकारले विजनेश नदिँदा हिउँदे अधिवेशन बस्न ढिलाइ भएको थियो । भूूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले यस अधिवेशनमा विभिन्न महत्वपूूर्ण विधेयक पेश हुुने र पारित गरिने बताइन् ।

प्रदेशसभामा दर्ता भएका १२ वटा विधेयकहरूलाई हिउँदे अधिवेशनमा पेश गर्ने तयारी गरिएको छ । हिउँदे अधिवेशनमा प्रदेश जलचर विधेयक २०७६, जीवनाशक विषादी नियन्त्रण विधेयक, कृषि तथा पशुुपंक्षीजन्य व्यवसाय प्रवद्र्धन विधेयक, माटो तथा मल व्यवस्थापन विधेयक, पशुु बधशाला तथा मासुु जाँच विधेयक र प्रदेश युुवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । यस्तै बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश वातावरण संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वन सम्बन्धी विधेयक, प्रदेश वाणिज्य सम्बन्धी विधेयक, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धी विधेयक र कर्णाली प्रदेश पर्यटन सम्बन्धी विधेयकहरू प्रदेशसभामा पेश गर्ने तयारी रहेको छ ।

यसका साथै हिउँदे अधिवेशनमा यसअघि संसदीय समितिहरूमा थप छलफलका लागि पठाइएका तीन वटा विधेयकका विषयमा विषयगत समितिहरूले तयार गरेको प्रतिवेदन पेश गरिने पनि जनाइएको छ । जसमा खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुुनिश्चित गर्न बनेको विधेयक, सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छलफलका क्रममा रहेका छन् ।

प्रकाशित मितिः   १३ माघ २०७६, सोमबार १४:२१