फागुनमा कर्णाली उत्सव

सुर्खेत : आउँदो फागुन दोस्रो साता सुर्खेतमा ‘कर्णाली उत्सव’ आयोजना हुने भएको छ । ऋति फाउण्डेशन सुर्खेतले ‘कुडा कर्णालीका’ भन्ने नारासहित उत्सव आयोजना गर्न लागेको हो । उत्सवमा कर्णालीका विविध विषयमाथि सार्वजनिक विमर्श गरिने जनाइएको छ । राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य लगायत विभिन्न विषयमा छलफल गरिने फाउण्डेशनका संस्थापक सदस्य रेशम विष्टले जानकारी दिए । कर्णालीमा यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हो । प्रदेशको लुकेको पहिचान र सम्भावनालाई उजागर गर्दै राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक उत्सव आयोजना गर्न लागिएको विष्टले बताए । उनका अनुसार उत्सव तीन दिनसम्म चल्नेछ । जसमा स्थानीय तथा राष्ट्रिय लेखक, साहित्यकार, विषयविज्ञ, कलाकार, पत्रकार लगायतको सहभागिता रहनेछ ।

उत्सवले कर्णालीको वास्तविकताबारे बहसका साथै यहाँको सामाजिक चिन्तन, आर्थिक सम्भावनाहरूको खोजी, पर्यटन प्रवद्र्धन, कलाको संरक्षणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कर्णाली उत्सव तयारी समूहका सल्लाहकार तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले यस्तो उत्सवले कर्णालीलाई चिनाउन थप सहयोग गर्ने बताए । त्यस्तै लेखक माधव चौलागाईले कर्णालीप्रतिको गलत मानसिकतालाई सकारात्मक बनाउन यस्तो उत्सव आवश्यक रहेको औंल्याए ।

प्रकाशित मितिः   १३ माघ २०७६, सोमबार १४:१९