बुवाको प्रेरणाले राजनीतिमा
दिनबन्धुु श्रेष्ठ कर्णाली प्रदेशसभा सदस्य हुुन् । वि.सं. २०१५ साल पुस १४ गते जुुम्लाको खलंगा बजारमा बुुवा भिमप्रसाद श्रेष्ठ र आमा कान्ती श्रेष्ठको सन्तानका रूपमा जन्मिएका उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुुन् । वि.सं. २०३६ सालदेखि राजनीतिमा आवद्ध भएका श्रेष्ठ २०५१ सालपछि सक्रिय राजनीतिमा लागेका हुुन् । कर्णाली प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटे:
मेरो बाल्यकाल जुुम्लाको खलंगा बजारमा बित्यो । विकट ठाउँ थियो । यातायातको सुविधा थिएन । हवाई यातायातको मात्र भर थियो । राजधानी र केही जिल्ला जोड्ने भनेकै हवाईमार्ग थियो । नभए पैदल यात्रा नै गर्नुपर्ने हुन्थ्यो । राजनीतिक पृष्ठभूमि भएको परिवारमा मेरो जन्म भएको हो । बुुवा राजनीति गर्नुहुुन्थ्यो । पञ्चायतकालको विरोधी हुुनुुहुुन्थ्यो । जनतामा चेतनाको कमी थियो । उहाँ राष्ट्रियसभा सदस्य पनि हुुनुुभएको थियो ।
गाउँमा हुुने खाने, जिम्वालहरूले अशिक्षित जनतालाई शोषण गर्थे । बुवाले समाज परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथै व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । खासगरी प्रजातन्त्र र लोकतन्त्रको पक्षमा हुनुहुन्थ्यो । बुुवाको यो सोचले मेरो जीवनमा पनि प्रभाव पार्दै गएको थियो । पाठशालाबाट मेरो औपचारिक शिक्षा सुरु भयो । पाठशालामा केही समयसम्म पढेपछि चन्दननाथ बहुुमुुखी विद्यालयमा पढ्न थालें । यो विद्यालय जुुम्लाको पुरानो विद्यालय हो ।
म बाल्यकालमा हक्की स्वभावको थिएँ । कसैसँग बोल्न डर मान्दैन्थें । कसैले अन्याय गरेको छ भने त्यसको विरुद्ध बोलीहाल्ने गर्थें । विद्यालयमा प्रायः शिक्षक र विद्यार्थीहरूले प्रयोग गर्ने शौचालय फरक–फरक हुन्छन् । शिक्षकले भन्दा विद्यार्थीले प्रयोग गर्ने शौचालय फोहोर हुुने र पानीको सुविधा हुुन्थेन । शिक्षकहरूले आफूले प्रयोग गरेको शौचालयमा ताला लगाउने गर्थे । विद्यार्थीहरूलाई सानो सम्झेर अन्याय गरेको झै लाग्थ्यो । अनि मैले रातीको समयमा गएर शिक्षकहरूले प्रयोग गर्ने शौचालयको ताला फोडिदिन्थें ।
नेतृत्व लिएर काम गर्न रुचि लाग्थ्यो । पढाइमा राम्रो भएको भएर कक्षा कोठामा विद्यार्थी साथीहरूको नेतृत्व मैले नै गर्थें । कक्षा कोठाको मोनिटर थिएँ । विद्यालयबाट हुुने अतिरिक्त क्रियाकलाप गर्दा मैले नै नेतृत्व लिन्थें । हामीले साँस्कृतिक कार्यक्रमहरू गथ्र्यौं । सडक नाटकहरू पनि खेल्ने गथ्र्यौं । बाल्यकालमा मुुनामदन कथाको सडक नाटक बनाएर खेलेको सम्झना अझै पनि आउँछ । म सानैदेखि नै सामाजिक कार्यहरूमा सक्रिय भएर लाग्थें । स्काउटमा आवद्ध भएकोले पनि सामाजिक कार्यमा सहभागिता हुुन्थ्यौं । गाउँमा हुुने सामाजिक कार्यक्रमा म पुुगिहाल्थें । बाल्यकाल रमाइलोसँगै बित्यो । खेलकुुद र आर्टमा रुचि थियो । भलिबल, ब्याटमिन्टन लगायतका खेलहरू खेल्थ्यौं । त्यसबेलामा डण्डीबियो र कपर्दी जस्ता खेलहरू पनि खेल्थ्यौं ।
बाल्यकालमा कहिलेकाहीं बद्मासी पनि गरियो । खलंगा बजारमा गाउँबाट स्याउ, सुन्तला, बदाम बेच्न ल्याउने गर्थे । बजारका पेटीहरूमा स्याउ–सुुन्तला बेच्न राखिएका हुुन्थे । हामी माथि छतबाट लामो लठ्ठीले टोपी तान्थ्यौं र स्याउ सुन्तला दिएपछि मात्र दिन्छौं भनेर भन्थ्यौं । म अलि आर्टमा रुचि राख्थें । कहिलेकाहीँ साथीहरू सुुतेको समयमा राती साथीहरू मिलेर अनुुहारमा पेन्टिङ्ग समेत गरिन्थ्यो । विद्यालयमा पढ्दा हाम्रो विभिन्न सदनहरू थिए । कक्षा आठदेखि नै कृषि विषय अनिवार्य रूपमा पढ्नुुपथ्र्यो । उक्त विषय अन्तर्गत हामीले कृषि खेती गर्नुपर्ने हुुन्थ्यो । खेती जसको राम्रो हुुन्छ उसैको समूहले राम्रो नम्बर पाउने गर्थे । कहिलेकाहीँ हामीले साथीहरूको तरकारी खेतीमा गएर बद्मासी पनि गथ्र्यौं ।
होस्टेलमा बसेर पढ्दा एउटैमा तीन–चार जना बसेर पढ्नुपर्ने हुुन्थ्यो । पढ्दा हल्ला हुुन्छ भनेर साथीहरूलाई पहिले नै सुुतौं भन्थें । सबै सुतिसकेपछि राती उठेर पढ्थें । अनि साथीहरूले थाहा पाएपछि गुुनासो गर्थे । परीक्षामा पहिलो को हुुने भनेर होडबाजी नै चल्थ्यो । मैले वि.सं. २०३२ सालमा एसएलसी पास गरेको हुँ । त्यसबेलामा हामी आठ जना मात्र पास भएका थियौं । त्यसै वर्ष नयाँ शिक्षा लागू भएको थियो । बाल्यकालमा सबैभन्दा बढी वनभोज जाँदा रमाइलो हुुन्थ्यो । सबै साथीहरूले घरबाट दाल, चामल, तरकारी लिएर जान्थ्यौं । जंगलमा दाउरा पानी पाइहालिन्थ्यो । चाडपर्वमा रमाइलो हुुन्थ्यो । विशेष गरेर नयाँ कपडा लगाउने पाइने कुराले रमाइलो लाग्थ्यो । चाडपर्वको माहोल नै रमाइलो लाग्थ्यो । एक हप्ता अघिदेखि नै नयाँ कपडा सिलाउने, कसका घरमा कति खसी काट्छन् भनेर जाने गथ्र्यौं । अहिले तिनी बाल्यकालका दिनहरू सम्झदा रमाइलो लाग्छ ।
बाल्यकालको सपना उद्योगपति बन्ने थियो । ठूलो उद्योग खोल्ने, धेरै मानिसहरूलाई रोजगारी दिने मेरो सोच हुुन्थ्यो । मैले पछि जुुम्लामा फर्निचर उद्योग र व्यापार पनि गरँे । पछि बुुवाको निधनपछि मैले सक्रिय रूपमा राजनीतिमा लाग्ने सोच बनाएँ । मैले २०३६ सालमै पार्टीको साधारण सदस्यता पाएको थिएँ । वि.सं. २०५१ सालमा गएर मैले पार्टीको सक्रिय सदस्यता लिएँ । बुुवाको निधन भइसकेपछि पार्टीका नेताहरूले साविकको कर्णाली प्रदेश हेर्ने गरी मलाई राजनीतिमा सक्रिय हुुन भने । त्यसपछि म कर्णाली सम्पर्क समितिको संयोजक भएँ । पार्टीले यस अवधिमा मलाई महत्वपूूर्ण जिम्मेवारी दियो । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा पार्टीमा म केन्द्रीय सदस्य भएँ ।
प्रकाशित मितिः १३ माघ २०७६, सोमबार १४:१७
मुना हमाल ।