एमसीसीको विरोधमा कोणसभा

सुर्खेत : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा कोणसभा गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीका कार्यकर्ताहरूले आइतवार वीरेन्द्रनगरमा विरोध ¥यालीसहित कोणसभा गरेका हुन् । सरकारले प्रतिबद्ध लगाएको विप्लव समूहका कार्यकर्ताले सुरक्षा निकायसँग लुकिछिपी विभिन्न गतिविधि गर्दै आएका छन् । यसै क्रममा आइतवार वीरेन्द्रनगरस्थित हरिडिलभूमि माध्यमिक विद्यालय नजिकबाट एमसीसीको विरोधमा नारा लगाउँदै ¥याली गरेका थिए ।

अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव अहिले संसद्मा पु¥याइएको छ । संसद्बाट पारित गर्ने चर्चा चलिरहेको बेला यो राष्ट्र हितविपरित भएको बताउँदै विप्लव कार्यकर्ताले विरोध गरेका हुन् । नेपालमा चीनको प्रभावलाई रोक्ने र अमेरिकी सैन्य अड्डा बनाउने उद्देश्यसहित एमसीसी ल्याइएको भन्दै उनीहरूले विरोधमा नारा लगाएका थिए ।

प्रकाशित मितिः   १३ माघ २०७६, सोमबार १४:१०