निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत : नेपाल रेडक्रस सोसाइटी इत्राम उप–शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ को वडा कार्यालय र शुुभकामना पोलिक्लिनिकको सहकार्यमा उप–शाखाले शनिवार निःशुुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरबाट तीनसय दुुई जनाले सेवा लिएको इत्राम उप–शाखाका सचिव प्रकाश पौडेलले जानकारी दिए । शिविरमा वरिष्ठ डा. केशर ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण गरेएको थियो । स्त्रीरोग, बालरोग, जरनल फिजिसियन तथा सुगर र प्रेसरको जाँच गरिएको थियो । सेवा लिएका बिरामीहरूलाई निःशुुल्क औषधि र ल्याव सेवा दिइएको
पौडेलले बताए ।

प्रकाशित मितिः   १२ माघ २०७६, आईतवार ०९:१२