सुरक्षा गोष्ठी सम्पन्न
सुर्खेत : कर्णाली प्रदेशस्तरीय सुुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको दुई दिने गोष्ठी शनिवार सम्पन्न भएको हो । गोष्ठीमा प्रदेशका सुरक्षा चुनौती पहिचान र आगामी दिनमा रणनीतिक योजना कसरी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । प्रदेशको समग्र सुरक्षा चुनौती पहिचान गरिनुुका साथै आगामी सुरक्षा रणनीतिका विषयमा छलफल गरिएको थियो ।
प्रदेशका १० वटै जिल्लाका प्रमुुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षालगायत अन्य विषयको बारेमा जानकारी गराएका थिए । उनीहरूले जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रणको माध्यमबाट सेवा प्रवाहमा सुधार र सुशासन कायम गर्ने कार्यमा महŒवपूूर्ण भूूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुुखलाई जिल्लाभित्र हुने संविधान र कानुुन विरोधी कुुनै पनि गतिविधिमा सम्झौता नगरी कानुुनी शासन कायम गर्न निर्देशन दिइएको छ ।
गोष्ठीमा गृह मन्त्रालयका महाशाखाका प्रमुखहरूले सुुरक्षा अवस्थाको बारेमा जानकारी गराएका थिए । शनिवार गोष्ठीमा सहभागी गृहमन्त्री रामबहादुर थापाले संघ, प्रदेश र स्थानीय तहका सरकारले नागरिकका अपेक्षा र भावना बमोजिम सहयोगात्मक र समन्वयात्मक रूपमा कार्य गर्नुपर्ने बताए । उनले सुरक्षा निकाय र विषयगत कार्यालयहरूबीच आपसी सहयोग र सहकार्य गर्न जरुरी रहेको औंल्याए ।
प्रकाशित मितिः १२ माघ २०७६, आईतवार ०९:०२
साझा बिसौनी ।