कराँते प्रतियोगिता सम्पन्न

सुर्खेत : प्रथम नगरस्तरीय गजुरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ । वीरेन्द्रनगर–४ भैरबस्थानमा रहेको सोसियल एकेडेमीमा भएको प्रतियोगितामा १० वटा स्वर्ण पदकसहित भैरव माध्यमिक विद्यालय प्रथम भएको छ ।

यस्तै सोसियल एकेडेमीले दुई वटा स्वर्ण जित्दा साउथ एसियन स्कालर्स एकेडेमी र लिवरल एजुकेशनल एकेडेमीले एक÷एक स्वर्ण जितेका छन् । भैरबले ६ रजत जित्दा सोसियलले दुई, साउथ एसियनले तीन, अरनिको बोर्डिङ्ग स्कुल, इन्टरनेशनलले एक÷एक रजत पदक जितेका छन् । प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाभित्रका २२ वटा विद्यालयहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सोसियल एकेडेमीका संस्थापक अध्यक्ष धर्मबहादुर चौधरीले खेलकुदको महत्व उच्च रहेको भन्दै यसको विकासमा सबै लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मितिः   १२ माघ २०७६, आईतवार ०९:००