महिला जेसीजको सप्ताह सुरु

सुर्खेत, ४ भदौ । (साबिस)
सुर्खेत महिला जेसीजको यो वर्षको जेसीज सप्ताहका कार्यक्रमहरू शनिवारदेखि सुरु भएका छन् । सप्ताहको पहिलो दिन शनिवार सप्ताहको उद्घान गर्दै एक दिने तालिम समेत सञ्चालन गरिएको छ ।
यस्तै दोस्रो दिन भदौ ५ गते रक्तदान कार्यक्रम, ६ गते हटारु खोलामा रहेका बाढीपीडितहरूको स्वास्थ्य जाँच र तुल्सी स्मृती कार्यक्रम, ७ गते वक्तृत्वकला, ८ गते दृष्टिविहीनहरूलाई शैक्षिक सामग्री वितरण र ९ गते बाल नृत्य प्रतियोगिता र उत्कृष्ट महिलालाई सम्मानका साथ समापन कार्यक्रम गरिने कार्यक्रमका मूल संयोजक कृती शाक्यले जानकारी दिइन् ।
कार्यक्रममा २००५ का राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दहाल, वीरेन्द्रनगर जेसीज वर्ष २०१५ का निशा सुवेदी, जुनियर जेसीज वर्ष २०१६ का अध्यक्ष खेमराज वली महिला जेसीज वर्ष २०१६ का अध्यक्ष प्रतिमा मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ५ भाद्र २०७३, आईतवार १०:०४