घुससहित गाउँपालिका अध्यक्ष पक्राउ
सुर्खेत : आठ लाख रूपैयाँ घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले आठ लाख घुससहित शुक्रवार रङ्गेहात पक्राउ गरेको हो ।
प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट आठ लाख रूपैयाँ घुस लिएको सूचनाका आधारमा पक्राउ गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले गाउँपालिका अध्यक्ष केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरे । ‘अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो’, उनले भने ।
प्रकाशित मितिः ११ माघ २०७६, शनिबार ०५:१०
साझा बिसौनी ।